महिला खबर
सुनसरी । श्रमिक महिला साझा मञ्चले इटहरी तथा यस आसपासमा मनोरञ्जन क्षेत्रका कार्यरत १२९ जना किशोरीलाई सम्पर्कमा ल्याएर शीप सिकाउदै आयआर्जन गराउने अभियान चलाइरहेको छ ।
मनोरञ्जन क्षेत्र अर्थात होटल लज तथा रेष्टुरेण्टमा काम गर्दै आएका किशोरी तथा महिलालाई हुने जोखिम कसरी हटाउन सकिन्छ भन्ने बिषयमा गरिएको अन्र्तर्किया कार्यक्रममा उक्त जानकारी दिइएको हो । इटहरी तथा यस वरपरका क्षेत्रमा सञ्चालित होटल लज रेष्टुरेण्टलगायतका क्षेत्रमा बाध्यताबस काम गर्न पुगेका किशोरीलाई यौनजन्य गतिबिधिमा पनि सँलग्न गराएको पाइएपछि संस्थाले उनीहरुलाई सम्पर्कमा ल्याएर शीप सिकाउने अभियान सुरु गरेको अध्यक्ष लीला भुजेलले जानकारी दिनुभयो ।
प्लान नेपाल र उप्का नेपालको सहयोगमा मञ्चले यस्तो अभियान सन्चालन गरेको हो । मनोरञ्जन क्षेत्रमा कार्य गर्ने महिलाको पहिचान गरेर उनीहरूलाई शीप तथा शिक्षा दिएर आत्र्मनिभर वनाउने अभियान चलिरहेको संस्थाले जनाएको छ । अन्तरर्कियाया कार्यक्रममा सहभागिहरुले सस्थाले चलाएको अयिभानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
Comment Here!