तीजमा फस्टाएको चुरा पोते व्यवसाय


प्रकाशित मिति :2016-09-02 15:56:04

सर्मिला बुढाथोकी

14215251_10208497983741848_268950338_o

दोलखा । धनुषाको जनकपुर स्थाई घर भएकी उर्मिला राउतले सदरमुकाम चरिकोटमा चुरा, पोतेको व्यवसाय गर्न लागेको २० वर्ष वितिसकेको छ । सामान्यतया दैनिक २/३ हजारको चुरा पोते बिक्री गर्ने उर्मिलाले तीजका बेला  बेला दैनिक दश हजारसम्मको व्यापार हुने गरेको बताईन् ।

‘यो व्यवसायबाट सामान्य गुजारा भएको छ, घरमा धेरथोर पैसा पनि पठाउने गरेकी छु ’उर्मिलाले भनिन् । सङ्गितादेवी वानियाँले पनि लामो समयदेखि चरिकोटमा चुरा पोतेको व्यवसाय गर्दै आएकी छन् । उनको व्यापार पनि तीजको यो बेला दैनिक  दश हजार नाघ्ने गरेको छ । परिवारसहित तराईबाट व्यापारको लागि चरिकोट आएकी सङ्गितादेवी चुरा पोतेको व्यवसायबाट बालबच्चा पढाउन र घरमा धेरथोर खर्च चलाउने समस्या टरेको बताउँछिन् ।

तीज पर्वका बेला अहिले सदरमुकाम चरिकोटका  कपडा पसल, सौन्दर्य सामग्रीका पसल र चुरा पोतेको पसलमा महिलाको भीड लागेको छ । चुरा पोतेको पसलमा भेटिएकी दोलखा बोच गाविसकी गीता नेपाली घरको कामले सँधै आफ्नो लागि किनमेल गर्न सदरमुकाम आउन नपाए पनि तीजका बेला भने फुर्सद मिलाएर चुरा पोते किन्न आएको बताउँछिन् । भीमेश्वर नगरपालिका मकैबारीकी हर्ककुमारी खड्काले पनि घरको कामबाट केही समय फुर्सद निकालेर तीजमा लगाउने चुरा किन्न आएको बताईन् ।

सदरमुकाम चरिकोटमा रहेको कृषि बजारमामात्र १२ वटा चुरा पोतेको पसल छ । अधिकांश तराईबाट व्यापार गर्न आएकाले सञ्चालन गरेको चुरा पोते पसलमा तीज र अन्य चाडपर्व हेरी राम्रै व्यापार हुने गरेको उनीहरूको भनाई छ । पोतेको सामान्यतया एउटालाई ७० रुपैयाँदेखि २ हजारसम्म पर्ने र चुरा दर्जनको ३० रुपैयाँदेखि  पन्ध्रसय रुपैयाँसम्म पर्ने उर्मिलाको भनाई छ । ‘दैनिक  दश हजार रुपैयाँको सामान बेच्दा  २/३ हजारसम्म नाफा हुन्छ त्यसैले यो व्यवसाय राम्रै छ’  उर्मिलाले भनिन् ।

कृषि बजार बाहेक मुख्य बजारमा समेत ५/७ वटा चुरा पोतको पसल रहेको दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले बताउनु भयो । तीजको बेला सदरमुकाम चरिकोटमामात्र दैनिक १ लाख भन्दा बढीको चुरा पोते बिक्रि हुने गरेको अध्यक्ष कार्कीको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: