महिला उद्यमी बढाउँदै महिला विकास सहकारी


प्रकाशित मिति :2016-09-04 11:00:42

अमृता अनमोल
बुटवल  । यो वर्ष उत्कृष्ट महिला सहकारीको पुरस्कार रुपन्देहीको शिवशक्ति महिला विकास सहकारी संस्था हाटी वनगाईले पायो ।महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट एक लाख रुपैयाँ नगद पाएको यो सहकारीले वचत र ऋण बाहेक सामूहिक बेसार र मसला खेती गरेको छ । सहकारीमा आवद्ध ६ सय ५७ महिला मध्ये एक सय ५० ले सहकारीबाटै अचार बनाउने, बुटिक भर्ने, सिलाइकटाई, तरकारी खेती,बाख्रा र कुखुरा पालन गरेका छन् ।

Pickle-making

महिलालाई सीप सिकाएर व्यावसायिक बनाउन नमूना काम गरेको भन्दै यसअघि रुपन्देहीका ३ वटा महिला विकास सहकारीले राष्ट्रिय पुरस्कार पाएका छन् ।  चिलियाको नवदुर्गा बहुउद्देश्यी, मक्रहरको प्रगतिशील बहुउद्देश्यी र दयानगरको शान्ति दिप बहुउद्देश्यी सहकारी संस्था हुन् । ग्रामीण क्षेत्रमा क्रियाशील यी सहकारीले महिलाको आर्थिक हैसियत उकास्न र हिंसाबाट मुक्त गर्न काम गरेका छन् ।

रुपन्देहीमा महिला विकास कार्यक्रम अन्तर्गत गठन भएका २६ वटा सहकारी छन् । महिला तथा बालबालिका कार्यालयले वचत समूह, समिति हुँदै उनीहरूलाई सहकारीमा पुग्न सहयोग गरेको हो । जिल्ला सहकारी डिभिजन कार्यालयमा दर्ता यी सहकारी काम र परिणाम दुवैले अरु सहकारी भन्दा भिन्न छन् । यसकै कारण केन्द्र र जिल्लाबाट गरी अधिकांश सहकारी पुरस्कृत भएका छन् । यस्तो किन भयो त ? ‘निम्न वर्गको सहभागिता, आर्थिक रुपमा पारदर्शिता र सीप तथा क्षमता विकासका काममा नयाँ नयाँ प्रयोग यहाँका सहकारीको सफलताको सुत्र हो’ रुपन्देहीकी महिला तथा बालबालिका कार्यालय प्रमुख  उषा रावलले भनिन् ।

गाउँ तहमा गठन भएका सहकारीले बाख्रा पालन, कुखुरा पालन,  व्यावसायिक पशुपालन, च्याउ खेती, फूल, तरकारी तथा फलफूल खेती गरेका छन् । बजारोन्मुख क्षेत्रमा सिलाइकटाइ, बुनाइ, कढाइ, गुडीया बनाउने, अचार तथा दालमोठ बनाउनेलगायतबाट पनि आम्दानी गरेका छन् । सहकारीले सामूहिक रुपमा बेसार खेती, प्याकेजीड., ढाका बुन्ने, बत्ती कात्ने, अचार बनाउने काम गरेर पनि राम्रो आम्दानी गरेका छन् । प्रगतिशील महिला विकास बहुउद्देश्यी सहकारी संस्था मक्रहरकी व्यवस्थापक जमुना गिरी ऋृण लिने दिनेमात्रै नभै सहकारीले महिलाको आर्थिक र  सामाजिक हैसियत बढाएको बताउँछिन् । ‘आर्थिक रुपले सवल नभै महिला अधिकार स्थापना सकिदैन’ व्यवस्थापक गिरीले भनिन् ‘यसैले सहकारी मार्फत सीपमूलक आयआर्जनका काम र चेतनाका काम सँगसँगै अगाडि बढाएका हौं ।’

महिला तथा बालबालिका कार्यालयका अनुसार यहाका २६ वटा महिला विकास सहकारीमा करिब १५ हजार महिला आवद्ध छन् । उनीहरूले  १२ करोड ३८ हजार ८ सय वचत गरेका छन् । १६ करोड ४९ लाख ९६ हजार ५ सय लगानी गरेका छन् । लगानीको ८० प्रतिशत रकम पेशा वा व्यवसायमा उपयोग गरेका छन् । सहकारीमा आवद्ध महिलाहरू आफैँले मासिक वचत गर्छन् । वचत भएको रकम कतिमा लगानी गर्ने आफैँले तय गर्छन् । आवश्यकता हेरेर ऋण लिने र दिने पनि आफैँ गर्छन् । बैंक तथा वित्तिय संस्था पुग्न नसकेका गाउँहरूमा समेत सहकारी छन् । यसले गर्दा पनि सहकारीप्रति महिलाको आकर्षण र  सहकारीको काम दुवै राम्रो भएको कार्यालय प्रमुख रावलले बताइन् । महिला विकास सहकारी गठन गर्न सबैभन्दा पहिले गाविसका विपन्न महिलाको समिति बनाइन्छ । सबै वडामा समूह बनेपछि समिति हुदै बल्ल सहकारी सस्था गठन हुन्छ । महिलालाई समूहमार्फत आर्थिक विकासका कार्यक्रमसँगै महिला हिंसा न्युनिकरणका उपाय पनि सिकाइन्छ । महिला अधिकारको उपयोग र महिला सशक्तिकरणमा पनि प्रशिक्षण हुन्छ । यसले पनि यहाका सहकारी समाजमा चलेका कुरीति र कुप्रथा हटाउन अग्रसर भएका छन् । आर्थिक प्रगतिबिना महिला सशक्तिकरण दिगो हुँदैन । यही कुरालाई आत्मसात गर्दै नेपालमा आर्थिक वर्ष ०४२, ०४३ बाट महिला विकास कार्यक्रम सुरु भएको हो । त्यसयता राज्यस्तरबाटै देशका ७५ वटै जिल्लामा वचत समूह, समिति हुँदै महिला  विकास सहकारीलाई महिला सशक्तिरकरणको पाटोका रुपमा अगाडि बढाइएको छ । आर्थिक गतिविधिसँगै महिला सशक्तिकरणलाई जिल्लाका महिला विकास सहकारी संस्थाको भूमिका उल्लेख्य रहेको डिभिजन सहकारी कार्यालय रुपन्देहीको ठम्याई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: