कारगारमा तीज


प्रकाशित मिति :2016-09-04 13:39:52

महिला खबर

मोरङ । शहर वजारमा तीज लागेको महिना दिन हुन लाग्यो । जताततै तीजकै कार्यक्रमहरु भइरहेका छन । माइती जानेक्रम पनि सुरु भएको निक्कै दिन भइसक्यो । सञ्चारमाध्यमहरूमा तीजकै भाकाहरु घन्की रहेका छन् । यसरी तीजको रौनक वढिरहँदा कारागारमा रहेका महिलाले भने पहिला मनाएका तीज सम्झेरै दिन विताउनुपर्ने हुन्छ ।

कारागारका महिलालाई पनि चाडवाडको अनुभूति दिलाउन विराटनगर कारागारका महिला कैदीवन्दीकालागि दरखाने कार्यक्रम आयोजना गरिएको छ । महिला संञ्जाल सुनसरीको आयोजना र इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको संयोजनमा विराटनगरस्थित कारागारका ६६ जना महिला कैदी बन्दीलाई दर खुवाइएको छ ।

उनीहरूलाई दर खुवाउनुका साथै श्रृङ्गारका सामान र सेनेटरी प्याड प्रदान गरिएको छ । कारागारका महिलाकालागि आयोजित कार्यक्रमकी प्रमुख अतिथि पूर्व सांसद यसोधा अधिकारीले यस्तो कार्यक्रमले विभिन्न कारणले जेल जिवन विताउन बाध्य भएका महिलासंँग आत्मीयता बढाउन प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका क्षेत्रीय निर्देशक सोमराज वाहिर निस्केर तीज मनाउन उहाँहरुले पाउने अवस्था नभएपनि पर्व मान्न पाउने उनीहरुको अघिकारको यो कार्यक्रमले सम्मान गरेको वताउनुभयो । कैदीवन्दि महिलाहरुले पनि खुसी प्रकट गर्दै घरमै दर खाएको अनुभूति गरेका देखिन्थे । कैदीवन्दिले पनि दरखुवाउन जानेहरूलाई सेलरोटी पकाएर खुवाए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: