महिला खबर
सुनसरी । पहिरोमा परि दुइजना महिलासहित पाँच जनाको ज्यान गयो । सुनसरी,ताप्लेजुङ र भोजपुरमा पहिरोले पुरेर दुईजना महिलासहित पाँचजनाको ज्यान गएको छ । ताप्लेजुडमा पहिरोमा परि एक जना आमा र उहाँका दुइजना छोराको ज्यान गएको छ । एक जना महिला हराइरहेकी छन् । एकजना गम्भिर घाइते भएकी छन् ।
पहिरोमा परि जिल्ला सदरमुकाम फुङ्लिड स्थित ताप्लेजुङ नगरपालिका २ मा २८ वर्ष की बिमला मगर र उनका ९ वर्षका छोरा मनोज र ७ वर्षका छोरा ललितको ज्यान गएको हो । मध्यरातमा घरमाथिवाट झरेको पहिरोकामा पुरिएका उनीहरूलाई विहान नौ वजेतिरमात्र निकालिएको थियो । ताप्लेजुङ नगरपालिका ८ मा झरेको अर्को पहिरोमा ४२ वर्षीया दिमाया पालुङवा(लिम्बु) हराइरहेकी छन् ।
पहिरोमा परि गम्भिर घाइते ४५ वर्षकी कृष्ण कुमारी लिम्बुको जिल्ला अस्पतालमा उपचार भईरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ । शुक्रवार राती ताप्लेजुङको बिभिन्न ठाउँमा पहिरो जाँदा ३ दर्जन बढि परिवार विस्थापित भएका छन् । यसैगरि भोजपुरमा पनि पहिरोमा परि दुईजनाको ज्यान गएको छ ।
शुक्रवार राती भोजपुरको कुलुङ्ग–९ खमारेमा पहिरोले पुरिएर ५८ वर्षीया भरत राई उनकी श्रीमती ५४ वर्षीया राममती राईको घटनास्थलमै ज्यान गएको हो । दुइदिनदेखि लगातार परेको पानीका कारण पहिरो जादाँ कुलुङ–९ खमारेको सिंगो वस्ती नै जोखिमा परेको स्थानीयले वताएका छन् ।
Comment Here!