महिला खबर
सुनसरी। पहिलो तामाङ महिला मन्त्री धरानमा सम्मानित हुनुभएको छ। कृषि राज्यमन्त्री राधिका तामाङलाई एक कार्यक्रमका बिच धरानमा सम्मान गरिएको हो। प्रथम तामाङ महिला मन्त्री बन्न सफल भएको भन्दै तामाङहरूको साझा संस्था नेपाल तामाङ घेदुङद्वारा उहाँलाई विशेष सम्मान गरिएको घेदुङका सुनसरी जिल्ला अध्यक्ष सुरज पाखि्रनले बताउनुभयो।
राज्यमन्त्री तामाङलाई नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वाञ्चल संयोजक सुजेन्द्र गोले तामाङले सम्मान गर्नुभयो। राज्य मन्त्री तामाङले धरानस्थित नेपाल तामाङ घेदुङको कार्यालय भवन, बौद्ध दाहसंस्कार स्थल, निर्माणाधिन बहुजातीय संग्राहलय र ङ्युने लाखाङ गुम्बाको अवलोकन गर्नुभयो। उहाँले राज्यको तर्फवाट सक्दो सहयोग जुटाउन पहल गर्ने बचन दिनुुभयो।
२०४० साउन १७ गते नुवाकोटमा जन्मिएकी तामाङ विद्यार्थी छदैदेखि माओवादी शसस्त्र युद्धमा लागेर नुवाकोट जनसरकार प्रमुख समेत हुनुभएको थियो। उहाँ दोस्रो संविधानसभामा समानुपातिक तर्फवाट सभासद वन्नुभएको हो ।
Comment Here!