महिला खबर
भोजपुर । नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा सामुदायिक सेवा केन्द्र भोजपुरले छ जना महिला पत्रकारलाई सम्मान गरेको छ । भोजपुरको स्थानिय टुँडिखेलमा सामुदायिक सेवाकेन्द्र भोजपुरको आयोजनामा भएको तीज विशेष कार्यक्रममा जिल्लामा क्रियाशिल ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ ।
सम्मान हुनेमा स्थानिय रेडियो भोजपुरमा कार्यरत सरस्वती तामाङ, स्थानिय रेडियो चोमोलुङमा सामुदायिक रेडियोका कार्यक्रम प्रस्तोता तथा मर्निङ टाइम्सका भोजपुर संम्वाददाता मनिता खिम्दुङ,राससका भोजपुर सम्वाददाता सरिता राई, चोमोलुङमा रेडियोका कार्यक्रम प्रस्तोता तथा लिम्वु समाचारका भोजपुर सम्वाददाता शुशिला राई , त्यसैगरि रेडियो भोजपुरका शारदा तामाङ र कान्तिपुर पब्लिकेशनका भोजपुर सम्वाददाता विद्या राई रहेका छन् । जिल्लामा क्रियाशिल रहेर विभिन्न लेख रचना, समाचार, सन्देश सम्प्रेषण गरि आम सन्चारमार्फत महिलाका मुद्दामा शसतm कलम चलाउन प्रोत्साहन स्वरुप सम्मान गरिएको संस्थाकी अध्यक्ष लिलामाया तामाङले बताउनुभयो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तथा सामुदायिक सेवा केन्द्रका अध्यक्षलगायतले खदा तथा कदर पत्र वितरण गरेर सम्मान गरेका थिए ।
Comment Here!