महिला खबर
काठमाडौं । ‘एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार’ भन्ने मुल नाराका साथ आज मानव बेचविखन तथा ओसारपसार विरुद्घको दशौं राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
काठमाडौंमा सोमबार महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भएको कार्यक्रमकी प्रमुख अतिथि प्रधानन्यायधिश शुशिला कार्कीले मानव बेचविखन उन्मुलन गर्न सबैले पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘उद्घार गर्नुभन्दा बेचिन नै नदिनु प्रयास गर्नुपर्छ ।, किन रोगको उपचार गर्ने रोग नै लाग्न नदिउँ न ।’
राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले मानव बेचविखन रोक्न अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन जरुरी रहेको आैंल्याउनुभयो । उहाँले भन्नुभयो ‘हामीले खाली पहिचान भएका नाकामा मात्र हेरिरहेको छौं, मानव तस्करले प्रयोग गर्न सक्ने वैैकल्पिक नाकामा हाम्रो ध्यान नै पुगिरहेको छैन ।’ उहाँका अनुसार मानव बेचविखन न्युनिकरण गर्न वैदेशिक रोजगारीमा गएकाहरूको तथ्यांकमा एकरुपता नभएका कारण पनि कत्ति नेपालीहरू बेचिएका छन् भन्ने तथ्यांक आउन नसकेको बताउनुभएको छ ।
सासंद एवं महिला, बालबालिका तथा समाजकल्याण समितिका सभापति रन्जु झाले मानव बेचविखन जस्तो जघन्य अपराधलाई पनि राष्ट्रले गम्भिर रुपमा नलिएको आरोप लगाउनुभयो छ । झाले यसलाई उन्मुलन गर्न नसकेपनि न्युनिकरण गर्न सकिने दावी गर्नुभयो । उहाँले भन्नुभयो ‘जहाँ महिला तथा बालबालिका बेचिन्छ, त्यहाँ प्राकृतिक प्रकोप अवस्य बढी हुन्छ ।’
कार्यक्रममा महिला बेचविखनविरुद्घ समाचार लेख्ने पत्रकार तथा बेचविखनविरुद्ध काम गदैृ आएका अधिकारकर्मीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरूमा गोरखापत्र दैनिककी सीता शर्मा, द काठमान्डु पोष्टकी प्रतिक्षा दुलाल, रेडियो नेपालका चन्द्र बानियाँलाई पुरस्कृत गरिएको छ । यसैगरि पुरस्कृत हुने अधिकाकर्मीमा माइती नेपालकी राममाया तामाङ, थ्री एन्जल्स कास्कीका डा. राजेन्द्र कुमार गौतम, महिला तथा बालबालिका केन्द्र बाँकेकी जिल्ला प्रहरी कार्यलयकी प्रहरी सहायक निरिक्षक रमा श्रीष, महिला तथा बालबालिका कार्यालय कास्कीका महिला विकास निरिक्षक शरद गुरुङ रहेका छन् ।
त्यसैगरी मानव बेचविखनको अन्त्यका लागि काम गर्ने व्यक्ति तथा संस्था सम्मान गरिएको थियो । सम्मानित हुने संस्था तथा व्यक्तिहरूमा जिल्ला प्रहरी कार्यालय भक्तपुरकी प्रहरी उपरिक्षक किरण बज्राचार्य, जिल्ला प्रहरी कार्यलाय बारा, महिला तथा बालबालिका कार्यालय झापा, , शक्ति नेपालकी सुनिता दनुवार, सिन्धुपाल्चोकको ग्रामीण सिर्जनशील परिवार, अमिका राजथला, हसिना म्यागेजिन पत्रिका रहेका छन् । पुरस्कृत तथा सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथिले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Comment Here!