बाल विवाह न्यूनीकरण गर्न धार्मिक गुरुहरू प्रतिबद्ध


प्रकाशित मिति :2016-09-06 11:41:38

महिला खबर

मुगु  । मुगुमा  बाल विवाह न्यूनीकरण गर्न  विभिन्न धर्मका धर्मगुरुहरू प्रतिवद्ध भएको बताएका छन् ।  अन्तर धार्मिक राष्ट्रिय सञ्जालले आयोजना गरेको बाल विवाह न्यूनीकरणमा धर्मगुरुको भूमिका विषयक अन्तर्किया कार्यक्रममा धर्मगुरुहरूले एकै ठाउँमा बसेर जिल्लामा बालविवाह न्यूनीकरणमा काम गर्न सघाउने वचन दिएका हुन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय धार्मिक सञ्जालका केन्द्रीय कोषाध्यक्ष रत्नप्रिया महर्जनले बालविवाह न्यूनीकरणका लागि मानिसको धारणामा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा  मुगुको छायाँनाथ मन्दिरका पुजारी भीमप्रसाद चौलागार्इंले हिन्दू धर्मले पनि बालविवाहलाई स्वीकार नगरेको बताउनुभयो ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा अन्तरधार्मिक राष्ट्रिय सञ्जालले जिल्लास्थित आफ्ना सञ्जालको साझेदारीमा देशमा बालविवाह र महिला हिंसा बढी भएका  मुगु, सप्तरी, धनुषा, बैतडी, बझाङ, डोटी, रौतहट, कालीकोट, अछाम, बाजुरा र हुम्लालगायतका बालविवाह बढी भएका १५ जिल्लामा  कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: