परिवर्तनमा योगदान पुर्‍याउने झापाली महिला सम्मानित


प्रकाशित मिति :2016-09-06 12:47:29

महिला खबर

Mahila sammanit
सुनसरी। देशमा लोकतन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने झापाली महिलालाई सम्मान गरिएको छ । अखिल नेपाल महिला संघ झापाले भूमिगतकालमा देश र जनताका लागि निरन्तर लड्ने र भुमिगत रहेर संघर्ष गरेकालाई सेल्टर उपलब्ध गराएर सहयोग गर्ने महिलालाई सम्मान गरेको हो । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मेनका काफ्ले, पवित्रा निरौला खरेल, लता प्रसाईं, गौरा प्रसाईं, सीता पाठक, शोभा कुँवर, विष्णु खड्का, टिका घिमिरे, सीता बस्नेत, लीला कार्की र चन्द्रकला श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

उपाध्यक्ष शाक्यले परिवर्तनको आन्दोलनमा झापाली महिलाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । आन्दोलन र संविधानसभावाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कार्यमा लाग्न उपाध्यक्ष शाक्यले आग्रह गर्नुभयो । उहाँले अब हुने स्थानीय निकायको निर्वाचनमा ४० प्रतिशत महिलालाई अनिवार्य सहभागिता गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘महिला थपना मात्र होइनन्, क्षमता र परिवर्तनका पनि बाहक हुन्, अवसर पाए भने जनताको हितमा काम गरेर देखाउने छन् ।’ सोही कार्यक्रममा उपाध्यक्ष शाक्यले २७ वर्षपछि अनेमसङ्घ जिल्लाले प्रकाशित गरेको महिला चेतना पुस्तकको चौंथो अङ्क लोकार्पण गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: