महिला खबर
कलैया । छ वर्षीया बालिका कञ्चनकुमारी ठाकुरलाई बलात्कार गरी हत्या गरेको अभियोगमा कलैयाका अरविन्दलाल दासलाई जिल्ला अदालत बाराले ३५ वर्षको जेल सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बारा जिल्ला विप्रविर्ता घर भई कलैया बस्ने २८ वर्षीय अरविन्दलाल दासलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष र बलात्कारमा १५ वर्ष गरी ३५ वर्ष जेल सजाय सुनाएको हो । यसैगरी यो घटनामा संलग्न कलैया कै ४५ वर्षीय मदन मिश्रलाई कर्तव्य ज्यानमा दुई वर्ष र १६ वर्षीय पवन मिश्रलाई छ महिना कैद सजायको फैसला गरेको छ ।
उनीहरूले विं स २०७१ साल कात्तिकमा बालिका ठाकुरलाई कलैया अस्पतालको पछाडि लगेर बलात्कार गरी हत्या गरेको आरोपमा अदालतमा मुद्दा परेको स्रेस्तेदार मोहन सुवेदीले जानकारी दिनुभयो ।
Comment Here!