नीजि क्षेत्रमा चुनावी चहलपहल, भट्टराइद्वारा अध्यक्षमा उम्मेद्वारी दर्ता


प्रकाशित मिति :2016-09-06 16:43:35

महिला खबर
Hira didi

पोखरा । पोखरा उद्योग बाणिज्य संघकी पूर्व उपमहासचिव एवं वर्तमान कार्य समिति सदस्य हिरा भट्टराइले आसन्न ३१ औं अधिवेशनकालागि अध्यक्ष पदमा उम्मेदवारी   दर्ता गराउनुभएको छ ।

भट्टराइले आर्थिक समृद्धिका लागि सबल र सक्षम नेतृत्व आजको आवश्यकता रहेको र त्यसका लागि आफ्नो नेतृत्व क्षमता रहेको भन्दै अध्यक्ष पदमा उम्मेद्वारी प्रस्तुत  गरेको बताउनुभयो । ‘छ दशकसम्म पोखरा उद्योग बाणिज्य संघ पुरुषको नेतृत्वमा चल्यो अब समावेशी तरिकाले संघलाई नयाँ गति प्रदान गर्न महिलाको नेतृत्व आवश्यकता छ’ उहाँ भन्नुहुन्छ ।

संघमा पाँच कार्यकाल महिला उद्यमी संयोजक, पहिलो महिला उप महासचिव समेत रहनु भएकी भट्टराइले संघको १४ वर्षे अनुभवले अब नयाँ नीति र कार्यक्रमका साथ समावेशी र साझा तरीकाबाट संघलाई अघि बढाउन आफू लागि पर्ने बताउनुभयो ।

लैंगिक रुपमा महिला भएपनि  देशका प्रमुख पद महिलाले हाँकिरहेको वर्तमान परिवेशमा पोखरा उद्योग बाणिज्य संघको इतिहासमा पनि अब महिलाको नेतृत्व आवश्यक भएको भटटराइको भनाइ छ ।

आफ्नो नेतृत्वले आर्थिक समृद्धि र रोजगारको वातावरणमा विशेष जोड दिँदै व्यवसायमा महिलाको पहिचानलाई स्थापित गराउन लागि पर्ने बताउनुभयो । पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाअधिवेशन भदौ ३१ र असोज १ गते हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: