महिला खबर
पोखरा। हाम्रो संस्कृति हाम्रो पहिचान, आफ्नो भाषा भेष राष्ट्रिय अभिमान भन्ने नाराका साथ भइरहेको तीज मेलामा विभिन्न व्यक्ति, संघसंस्था र स्रष्टालाई सम्मान गरिएको छ। उक्त कार्यक्रममा क्रियाशिल महिला पत्रकारबाट रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारी, भुतपुर्व खेलाडी जुमप्रसाद गुरुङ्ग, गायिका तुलसा क्षेत्री र अम्बिका बानियाँलाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारीले कुनै पनि कार्यक्षेत्रमा लाग्न महिलालाई परिवार र सामाजको समान साथ रहनुपर्ने बताउनुभयो। इच्छा शक्ति भए महिलाहरू हरेक क्षेत्रमा सफल हुन सक्ने भण्डारीको भनाई थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले महिलाहरु आजपनि अपमान सहेर बस्न बाध्य भएको भन्दै आगामी दिनहरुमा हरेक निर्णय गर्ने क्रममा महिलाहरुको भुमिका अगाडि हुनुपर्नेमा जोड दिनुभयो। उहाँले घर सम्हाल्ने महिलाले देश पनि सम्हाल्न सक्ने बताउनुभयो।
१५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारी सञ्चारिका समूह पश्चिमाञ्चलका उपाध्यक्ष,नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य समेत हुनुहुन्छ।
Comment Here!