डोम समुदायमा बालविवाह उस्तै


प्रकाशित मिति :2016-09-07 11:14:29

यमुना खनाल
सप्तरी । सप्तरीका  ८० प्रतिशत डोम समुदायका बालबालिकाको बाल विवाह हुन्छ । सरकारले सबै भन्दा बढी शिक्षा क्षेत्रमै लगानी गर्ने गरे पनि बिपन्न डोम समुदायमा शिक्षाको पहुँच पुग्न नसक्दा अहिले पनि ६ महिनादेखि १० वर्षको उमेर मै डोम समुदायका बालबालिकाको विवाह हुने गरेको डोम समुदायको हक अधिकारका लागि काम गर्ने राम चन्द्र मरिक बताउनु हुन्छ ।

सप्तरीमा करिब २ हजार ५ सयको संख्यामा डोम जाती बसोबास गरिरहेका छन् । जसमध्ये ८० प्रतिशतले विवाह सानै उमेरमा गर्ने गरेका छन् । उनीहरूले आफ्नो छोराछोरीको विवाह सबैको सानै उमेरमा गर्ने गरेको बताउँछन् ।

सप्तरीको छिन्नमस्ता गाविस १ निवासी हलेश्वर मरिकले आफ्ना ७ वर्षीय छोरा सन्तोषको विवाह दुई वर्षअघि पाँच वर्ष कै उमेरमा  सप्तरीकै महदेवा गाविसकी ७ वर्षीया पुनिता मरिक सँग गरिदिएका थिए । यी बाल दम्पतिले अहिले सुँगुंर चराउँदै आएका छन् ।

यसै गाउँका १३ वर्षीय बीरेन्द्र मरिकले पनि दुई वर्षअघि नै कोचाबखारीकी ११ वर्षीया सुनिता मरिकसँग विवाह गरे । सोही ठाउँकै १४ वर्षीय विजय सदाले आफ्नो छिमेकी गाँउकी ११ वर्षीया बालिकालाई सामाजिक परम्परा अनुसार श्रीमती बनाएर भित्र्याए ।

दलित डोम , मुसहर जातीमा शिक्षाको कमी भएका कारण बालविवाह अझै पनि उस्तै रहेको बिहारी सदा बताउनुहुन्छ । बाल विवाह  कानुनविरुद्ध भएपनि सानैमा विवाह गर्ने परम्परा र विवाह नगरिदिँदा बुढापाका रिसाउने डरले लुकाएर विवाह गर्ने गरेको उनीहरूको भनाई छ ।

डोम समुदायमा जस्तै ५० प्रतिशत मुसहर समुदायले बाल विवाह गर्ने गरेको मुसहर समुदायबाट सभासद् बनेका असर्फी सदा बताउँनुहुन्छ  । यसैगरि छिन्नमस्ता गाविसस्थित छिन्नमस्ता भुपेन्द्र माविका संस्कृत शिक्षक हिरालाल खंगले बाल विवाह हुनुमा दलित जातिमा अशिक्षा र जनचेतनाको अभाव र राज्यको गैरजिम्मेवारीपनको नतिजा भएको बताउनुहुन्छ  ।

विवाह हुने अन्तिम समयमामात्र बालविवाह हुँदैछ भन्ने सूचना आउँछ । समाज सबै विवाहको पक्षमा हुन्छ । एक्लो प्रहरीले बालविवाह रोक्न नसक्ने प्रहरीको भनाई छ ।

वाल विवाह कायम रहनुले बालबालिकाले शिक्षा आर्जन गर्न नसकेको अवस्था त छँदैछ यसले मातृ मृत्यु दरमा पनि बृद्धि, र बालिकाको स्वास्थ्यमा असर हुने गरेको  वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय कुमार झाको भनाई छ । सप्तरीमा अझैपनि  एक लाख आमा मध्ये  २ सय ८१ जनाको वालविवाह गरी सानै उमेरमा बच्चा जन्माउँदा  मृत्यु हुने प्रमुख कारण रहेको झाको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: