शसक्तिकरणको प्रभाव : सामाजिक काममा दंग छन् मधेशी महिला


प्रकाशित मिति :2016-09-07 16:41:32

पार्वती पाण्डे
कपिलवस्तु । कपिलवस्तुको दक्षिणी गाविसका महिलामा शसक्तिकरणको प्रभाव देखिएको छ । शुरु शुरुमा घरवाट वाहिर ननिस्कने महिला यतिखेर कुनै कार्यक्रम भयो भने चासो राखी गाउँमा हुने  सभा समारोहमा सहभागी हुने गरेका छन् । पुरुषको तुलनामा महिला सामूहिक तथा सामाजिक कार्यमा सक्रिय हुँदै जान थालेका छन् ।

madhesi mahila

विगतमा घुम्टो भित्रै सिमित रहने दलित , मुस्लिम , यादव , पासी , रैदासलगायत समुदायका   महिलाहरू संजालमा आवद्ध भएपछि समाजमा भएका विकृति तथा कुसंस्कारमा केही सुधार  हुँदै गएको अनुभव  महिलाहरूको  छ ।

विभिन्न संघसंस्थाले सञ्चालन गरेका शसक्तिकरण सम्बन्धि कार्यक्रम  र अन्य  तालिममा सहभागी हुँदा  समूहमा आवद्ध हुन प्रोत्साहन मिलेको उनीहरुको भनाइ छ । समूहमा आवद्ध भएपछि उनीहरू शसक्त भएका हुन् ।

समूहमा आवद्ध भएपछि महिला हिंसा , गाउँ घरमा हुने झैझगडाको वारेमा छलफल गराई समस्या समाधान गर्ने गरेको सिंहखोर गाविसस्तरिय संजालकी सचिव उर्मिला रैदासले वताइन् । उनीहरूले गाविसमा महिलाका लागि कति वजेट छ भनेर चासो राख्ने र सो वजेट महिलाकै लागि विनियोजन गर्न समेत दवाव दिने गरेको उर्मिलाको भनाई छ ।

शुरुमा घरवाट वाहिर ननिस्कने  वांसखोरकी उर्मिला यतिखेर गाउँमा केहि  समस्या पर्‍यो भने आफ्नै खोजी हुँदा आनन्दको महशुस हुने बताउँछिन् । जिवनमा आफूले नसोचेको परिवर्तन आफैँमा आउँदा उनी  दंग छिन् ।

 गाविसमा आउने बजेटको बारेमा आफूले जानकारी लिन थालेको हरनामपुरकी प्रभावती कोरीले बताइन् ।  त्यस्तै गोटीहवाकी माधुरी कलवारलाई पनि संजालमा लागेपछि निक्कै सजिलो भएको छ ।

गाउँमा देखिएका समस्या समाधान गर्ने प्रयासमा महिलाहरू जुट्ने गरेका छन् । गाविसस्तरिय महिला संजालले समस्या समाधान गर्न नसकेमा जिल्लास्तरिय संजालमा आउने र कानुनी प्रक्रियामा अगाडी बढउने गरिन्छ  । न्युन आय भएकालाई समूहमार्फत ऋण लगानी र समस्यामा परेका महिलालाई न्यायका लागि पुलको काम गरिदिन गाविस तथा जिल्लास्तरिय संजालले काम गर्दै आएका छन्  ।

महिलालाई सक्षम र सवल वनाउन राज्यले महिला शसक्तिकरणका कार्यक्रमलाई वढाउँदै लैजानुपर्ने  अधिकाकर्मी पुष्पा रेग्मीको भनाई छ । दक्षिणी भेगका मधेशी  समुदायका महिलामा  सामाजिक शसक्तिकरण बढ्दै गएको महिला तथा वालवालिका कार्यालयका प्रमुख कमला पौडेलले वताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: