हिंसा पीडित महिलाको पुर्नस्थापनामा समस्या


प्रकाशित मिति :2016-09-08 12:04:39

सर्मिला बुढाथोकी

2
दोलखा । बुबाको मृत्युपछि रविताकी (नाम परिर्वतन) आमाले दोस्रो विवाह गरिन् ।  उनको आमाले विवाह गरेपछि उनी पनि दोस्रो बाबुको घर गइन् । दोस्रो बाबुको घरमा उनलाई राम्रो व्यवहार गरिएन । त्यसपछि उनी काठमाडौँ भागेकी थिइन् । दोलखा सुनखानी की रवितालाई भागेर काठमाड‌ौं जाँदै गर्दा खरीढुङ्गा चेकपोष्टले नियन्त्रणमा लियो । हाल रविता आवाज नेपालको आश्रय स्नेह केन्दमा आश्रय लिन पुगेकी छिन् । उनले भनिन् ‘आमासँग दोस्रो बुवाको घर जाँदा वातारण राम्रो भएन काठमाडौँ जान लाग्दा खरीढुङ्गामा प्रहरीले समातेर यहाँ ल्याएर राखिदियो ।’ उनलाई संस्थाले नै चरिकोट स्थित पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयमा कक्षा ४ मा भर्ना गरिदिएको छ ।

हाल रवितालगायत अन्य ६ जना किशोरी, ३ जना शिशुसहितका सुत्केरी र ५ महिला गरी १७ जनाले आवाज नेपाल नामक संस्थामा आश्रय लिईरहेका छन् । महिला तथा बालबालिका कार्यालयको समन्वय तथा युएनएफपिए र ओरेक नेपालको सहयोगमा सञ्चालित स्नेह केन्द्रलाई सहयोग अब डिसेम्बरसम्म मात्र हुने र त्यसपछि आश्रय लिएका महिला तथा बालबालिकालाई कहाँ राख्ने भन्ने समस्या रहेको आवाज नेपालकी अध्यक्ष सिर्जना कार्की बताईन् ।

3-1

सरकारको असहयोगका कारण केन्द्र सञ्चालन गर्नु समस्या परेको कार्कीले बताईन् । उनले भनिन् ‘समस्यामा परेका र हिंसा पीडित महिलालाई आश्रय दिन सरकारले नै सहयोग गर्नु पर्छ ।’ आवाज नेपालको तथ्याङ्कमा भूकम्प अघि र पछि गरेर २२० जना महिला तथा बालबालिकालाई संस्थाले आवश्यक सहयोग गरेको छ । जस मध्ये ९ जना बालिकालाई उच्च शिक्षाका लागि बिभिन्न संस्थामा सिफारिस गरिएको छ ।

अहिले जिल्ला अदालत, प्रहरी कार्यालय, जिल्ला प्रशासन, चेक प्वाईन्ट, समुदाय, छिमेकी जिल्ला रामेछापबाट समेत हिंसा प्रभावित महिला तथा बालिका स्नेह केन्द्रमा आउने गरेका छन् ।

महिला तथा बालबालिकाको कार्यालयले पनि अधिकांश हिंसा पीडित महिलालाई स्नेह केन्द्र पठाउने गरेको छ । कार्यालयको सम्पर्कमा आएका हिंसा प्रभावित तथा विभिन्न समस्यामा परेका महिला तथा बालिकाहरुलाई तत्काल फर्काउन नसकिने र संरक्षणको आवश्यकता भएकालाई स्नेह केन्द्रमा पठाउने गरिएको महिला विकास अधिकृत लक्ष्मी ढकालले बताईन् । ढकाल भन्छिन् ‘समस्यामा परेका महिलालाई अल्पकालिन सेवासहित सहयोग तथा उद्धार गर्न स्थानीयस्तरबाट नै पहल गर्नु पर्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: