महिला खबर
काठमाडौं । पाठेघरको मुखको क्यान्सर रोक्न दोस्रो चरणको एच.पी.भी. (Human Popilloma virus) खोप कार्यक्रम आजदेखि सुरु भएको छ । सरकारले गत वर्षको फागुनमा कास्की र चितवनमा परिक्षणका लागि सञ्चालन गरेको खोप कार्यक्रम अन्तर्गत दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले जानकारी दिनुभयो । छ महिनाको अन्तरमा दुई चरणसम्म दिइने खोप दोस्रोचरणका लागि आजदेखि सुरु भएको गौतमले बताउनुभयो ।
काकी र चितवनका विद्यालय जाने कक्षा छ का र विद्यालय नजाने १० वर्ष उमेरसम्मका १५ हजार किशोरीलाई पहिलो चरणमा खोप दिइएको थियो । गत वर्ष यो खोप लगाएकालाई दोस्रो चरणमा पनि लगाइने र अहिले छ कक्षामा अध्ययन गरिरहेका र १० वर्षका किशोरीलाई पहिलो चरणको खोप दिइन लागिएको प्रमुख गौतमले बताउनुभयो ।
परीक्षणस्वरुप दुई जिल्लामामात्रै खोप कार्यक्रम सुरु गरेको र यसको प्रभाव हेरेर अन्य जिल्लामा पनि लागू गरिने उहाँको भनाइ छ । सरकारले निःशुल्क दिएको यो एउटा खोपको मूल्य दश हजार रुपैया रहेको र दुई चरणमा लगाउँदा बीस हजार रुपैयाँ पर्ने गौतमले बताउनुभयो ।
गौतमका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम भएका ३० देखि ६० वर्ष उमेरका महिलाका लागि पनि कार्यक्रम ल्याउने तयारी भइरहेको छ । ‘खोप कार्यक्रम र महिलाको कार्यक्रमलाई सँगै लैजाने तयारी गरिरहेका जानकारी उहाँले दिनुभयो ।
थप समाचार
Comment Here!