सिरियाली शरणार्थी मध्ये असी प्रतिशत महिलाबालबालिकाः अवस्था जोखिमपूर्ण


प्रकाशित मिति :2016-09-08 15:08:28

महिला खबर
एजेन्सी । सिरियामा चलेको गृहयुद्धबाट दिनहुँ हजारौ  मानिस प्रभावित भइरहेका छन् जसले गर्दा उनीहरु आफू र आफ्नो परिवारको ज्यान जोगाउन आफ्नो घर र मुलुक छोडेर शरणार्थी बन्न बाध्य  छन्।

बम ब्लास्ट ,बलात्कार , यातना तथा बढ्दो भ्रष्टाचारका कारण अहिलेसम्म १ करोड सिरियाली मारिएका छन् र घर छाडी  अन्तै जान बाध्य छन्। जोखिमपुर्ण र अवैधानिक बाटो भएर युरोप प्रवेश गर्ने क्रममा अहिले सम्म हजारौं शरणार्थीको ज्यान गैसकेको छ । राम्रो जीवनको आशामा बालबालिका , बुढाबुढी, महिला तथा पुरुषहरु उमेर र अवस्थाको ख्याल नगरी खतरापुर्ण मौसममा नदी र समुन्द्रहरू पार गर्दै  हिँड्न बाध्य  छन्।

नाउबाट समुन्द्र पार गर्ने क्रममा हजारौंले ज्यान गुमाइसकेका छन् , धेरै जसो काम नगर्ने लाइफ भेस्टबाट उनीहरू समुन्द्रमा तैरिनुको साटो डुब्ने गर्दछन्।

संयुक्त राष्ट्र संघको शरणार्थी संगठनको अनुमान अनुसार युरोपका विभिन्न  शरणार्थी शिविरमा बसिरहेका शरणार्थीमा ८० प्रतिशत बालबालिका तथा महिला रहेका छन्। युद्धको डरलाग्दो अवस्थाबाट भागेर शिविरमा पुगेपनि बालबालिका तथा महिला त्यहाँ पनि सुरक्षित  छैनन्। उनीहरू शिविरमा शोषण, यौन हिसां, मानव तस्करी र अन्य हिसांका सिकार बन्न पुगेका छन्।

हजारौं शरणार्थी खाना, पानी र औषधी उपचारको अभावमा बाँचिरहेका छन्। मानविय सहायता संस्थासँग स्रोतको कमी वा उनीहरूसँग पँहुचमा लगाइएको प्रतिबन्धका कारण शरणार्थीहरू अभावमा बाच्न बाध्य बनेका छन्। गर्भवती महिला दिनौसम्म खाना नखाई बस्न पर्ने र बालबालिकाहरू दिनहुँ झन झन बिरामी परिरहेको अवस्था छ। यस्तो निराशपुर्ण र दर्दनाक अवस्थामा धेरै महिला आफ्नो परिवारको हेरचाह पहिलो पटक आफू एक्लैले गरिरहेका छन्।

शरणार्थीहरू सुरक्षित आवासको पर्खाईमा शिविरमै अड्किरहेको अवस्था छ। उनीहरूले काम गर्न, विद्याल जान पाइरहेका छैनन्। धेरैजसो अवस्थामा महिलालाई शुरुमा आशा देखाई शरण अनुमति दिइन्छ तर अन्त्यमा अनुमति रद्द गराईन्छ। प्रत्येक वर्ष बेलायतमा ६२ प्रतिशत शरण खोज्न आउने महिलाले उनीहरूको अनुमति रद्द गरिएको दाबी गरेका छन्। हङ्गेरीका प्रधानमन्त्री भिक्टर अरबनले यूरोपमा शरणार्थीको चाप बढेकाले आफ्नो देशको अर्थतन्त्र र सुरक्षामा खतरा हुन सक्ने अभिव्यक्ति दिएर आफ्नो देशको सिमानामा तारबार लगाएका थिए। अमेरीकी अधिकारीहरूले सिरियाली शरणार्थीलाई आफ्नो देशमा शरण नदिने भनेका छन्। बेलायतको यूरोपेली संगठन बहिर्गमनपछि सिरियाली शरणार्थीहरू जसका परिवारका सदस्य बेलायतमा छन् अब उनीहरूलाई बर्षौपछि भेट्ने आशा पुरा होला नहोला भन्ने डरमा बाँचिरहेका छन्।

शरणार्थी अनुमति पाएपछि पनि उनीहरू नयाँ ठाँउमा जातीय र अन्य अपराध सहन बाध्य बनेका छन्। हङ्गेरी, अमेरिका तथा बेलायतमा मुस्लिमविरुद्ध घटना बढिरहेका छन्। बेलायतमामात्रै मुस्लिमविरुद्ध घटनामा ७० प्रतिशतले बृद्धि भएको छ। निर्दोष शरणार्थीहरू जो आफै आतंककारीबाट बच्न बिभिन्न देशमा भौंतिरएका छन् उनीहरूलाई नै आतंककारीको संज्ञा दिएर उनीहरूमाथि डर र त्रास बढाईरहेका छन्।

युद्धको डरलाग्दो अवस्था र शिविरसम्मको जोखिमपुर्ण लामो यात्रापछि यस्तो दुर्व्यवहार नभइ स्वागत र सहानुभूति देखाईनु पर्ने आवाज विभिन्न क्षेत्रबाट उठिरहेको छ ।

 कलाकार पेज एमरीले शरणार्थीलाई सहयोगका लागि प्रोत्साहन गर्न, उनीहरूको भोगाईको यथार्थका बारेमा चेतना फैल्याउन, समाजमा रहेको जातिबाद मानसिकता र आप्रबाशी सम्बन्धि रहेका नकारात्मक सोचाईहरू निरुत्साहित गर्न यी स्केच बनाएकी हुन् ।

अनुवादः ज्ञानु विष्ट

r1 r2

r3 r4 r5 r6 r7 r8 r9

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: