महिला खबर
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत गङ्गामाया अधिकारीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । गङ्गामाया बचाउ अभियानका अभियन्तासँगको भेटमा बुधवार राष्ट्रपति भण्डारीले गङ्गामायाको कदमलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै न्यायका लागि उहाँले अनशन तोड्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले कुनै पनि व्यक्तिले न्यायका लागि आफ्नो जीवन जोखिममा राख्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्त दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
विसं २०६१ मा मारिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसादको हत्यारामाथि कारबाहीको माग गर्दै छ वर्षदेखि गङ्गामाया अनशन बस्दै आउनुभएको छ ।
सँगै अनशनमा रहनुभएका श्रीमान् नन्दप्रसाद अधिकारीको निधनपछि गङ्गामाया एक्लै अनशन बस्दै आउनुभएको छ ।
गङ्गामाया बचाउ अभियानले उनकाे माग पुरा गर्न दवाव दिँदै सिंहदरवार र वालुवाटारमा धर्ना कार्यक्रम गर्दै अाएको छ । अभियानले उनकाे मागकाे विषयलाई लिएर बुधवार राष्ट्रपति विद्या भण्डारीलाई भेटेकाे हाे ।
Comment Here!