पार्वती पाण्डे
कपिलवस्तु । कपिलवस्तुको हरिहरपुरकी डिलकुमारी भुषाल तरकारी किन्न वजार जान्छिन्, भाउ वुझ्छिन र रित्तो हात फर्किन्छिन् । आफूले ल्याएको रकमले तरकारी नआउने भएपछि उनी रित्तो हात फर्किन उनी बाध्य भएकी हुन् । ‘तरकारी किन्न आएको तरकारीको भाउ सुन्दा झोलै खाउँ जस्तो लाग्यो र रित्तै फर्किएँ’ उनी भन्छिन् । तरकारी किन्न वजारमा आएकी पिपराकी सीता शर्मा पनि तरकारीको भाउ सुन्दा तर्सिइन् । ‘४/५ दिनलाई पुर्याउने तरकारी ल्याउन श्रीमानले दिएको पैसाले एकै दिनलाईमात्रै पुग्ने तरकारी पो आएछ’ उनले भनिन् ।
पछिल्लो समयमा तराईका क्षेत्रमा तरकारीको भाउ आकासिएपछि गृहिणी मारमा परेका छन् । हाल कपिलवस्तुमा तरकारी उत्पादनमा कमी आउँदा तरकारीको भाउ बढेको तरकारी व्यापारी बताउँछन् । विहीवार कपिलवस्तु बाणगंगा नगरपालिका जीतपुरमा तीते करेला प्रतिकिलोको एकसय रुपैयाँ रहेको छ । यसैगरि लौका ४० , गोलभेंडा ५० , बन्दा ४० , फुलगोबी एकसय, काक्रो ६० , बोडी ८० रुपैयाँ रहेको छ । तरकारी मध्ये धैरैले मन पराउने घिउसिमी सबैभन्दा महंगो प्रतिकेजी एकसय ६० रुपैयाँ रहको छ । तीज सकिएर पनि यो वर्ष तरकारीको भाउ घटेको छैन । स्थानीय उत्पादन नभएर बाहिरवाट तरकारी आउन थालेपछि सबै तरकारीको मुल्य बढ्दै गईरहेको स्थानीय थोक व्यापारी पार्वती पौडेलले बताइन् ।
केही समय निरन्तर बर्षा, वाढी पहिरोका कारण उत्पादन घटेपछि मौसमी तथा बेमौसमी तरकारीको मुल्य छोइनसक्नु बढेको छ । शुरुमा धैरै वर्षा अनि सुक्खायाम खडेरीका कारण तरकारी उत्पादन घटेको किसान मालती यादवको भनाई छ ।
तरकारीको मुल्य बढ्दा सवैभन्दा वढी मार गृहिणी महिलालाई परेको बताउँछिन सीता गौतम । उनले भनिन् ‘अहिले तरकारीको भाउ धैरै बढ्यो छोर्ई नसक्नु छ, पाँचसय रुपैयाँले तीन छाक तरकारी आउँदैन नखाईपनि भएन ।’ एकसय ६० रुपैयाँ किलाकोे घिउ सिमी किनेर लग्दा श्रीमानको गाली खाएको अनुभव उनले सुनाइन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख राकेश ओझाले यो समयमा जिल्लामा तरकारी उत्पादन कम भएकाले तरकारीको भाउ वढेको वताए ।
Comment Here!