सुमित्रा कोइराला
उदयपुर। श्रीमतीलाई जर्वजस्ती करणी गरेको आरोपमा उदयपुरका एक युवक पक्राउ परेका छन्। उदयपुर बेल्टार बसाह नगरपालिकाका २८ वर्षीय एक युवककी श्रीमतीले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक ओम बहादुर रानाले बताउनुभयो।
प्रहरी नायव उपरिक्षक रानाका अनुसार आफ्नो इच्छा विपरित कुनै पनि समयमा शारीरिक सम्ब्ान्ध राख्न दवाव दिने,जर्वजस्ती यौन उत्तेजना बढाउने औषधी खाने र खुवाउने अश्लिल भिडियो अनुसार जर्वजस्ती श्रीमतीलाई शारीरिक सम्पर्क गर्ने र श्रीमानले भने जस्तो नमान्दा निर्मम कुटपीट गरेर यातना दिएको श्रीमतीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।
उजुरीमा श्रीमानले भनेको नमान्दा यौन अंगहरूमा चोट पार्ने समेत गरेको उल्लेख छ। उक्त उजुरीमा आफ्नो इच्छा विपरीत जर्वजस्ती बलात्कार गरेको र र श्रीमानलाई पक्राउ गरी कार्बाही गरिपाउँ भनी लेखिएको छ।
उनका श्रीमान लामो समयसम्म बैदेशिक रोजगारीमा थिए। सो समयमा पनि सामाजिक संजाल मार्फत अश्लिल भिडियो र फोटोहरू पठाउने गरेको र उनले भने जस्तो गर्न नमान्दा सोही भिडियो सार्वजनिक गरिदिने धम्कि दिने गरेको पीडितको भनाई छ।
दुई महिनाअघिमात्र बैदेशिक रोजगारीवाट फर्किएका श्रीमानलाई श्रीमतीको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ।
Comment Here!