अमेरिकी राष्ट्रपतिद्वारा नेपालमा किशोरी शिक्षाका लागि सहयोग गर्ने घोषणा


प्रकाशित मिति :2016-09-09 13:57:07

महिला खबर

Barack and Michelle Obama एजेन्सी ।  बाराक ओबामाले लेट गर्ल्स लर्न’ कार्यक्रम नेपाल र लाओसमा पनि विस्तार गर्ने घोषणा गरेका छन्। गत मंगलवार ओबामाले आसियन (ASEAN) सम्मेलनमा   उक्त घोषणा गरेका हुन्।

ओबामाले भने ‘ म यो कार्यक्रमको घोषणा गर्दा निकै गौरवान्वित महशुस गरिरहेको छु र यो कार्यक्रम मेरो  र  मिसेलका लागि निकै नै महत्वपुर्ण रहेको छ’। उनले भने ‘ जबसम्म हाम्रा किशोरीहरू तथा महिलाले पुरुषहरूले पाउने जत्तिकै हरेक अवसर पाउदैनन् तबसम्म संसारका कुनैपनि देशले सही अर्थमा सफलता पाउन सक्दैनन् ‘।

अमेरीकी प्रथम महिला मिसेल ओबामाले पनि उक्त घोषणालाई एउटा ट्विट मार्फत पुष्टि गरेकी छिन्। उनले ट्विटमा लेखिकी थिइन ‘आजको ठुलो समाचार १ , ३ लेट गर्ल्स लर्न अब नेपाल र लाओसमा पनि ‘। मिसेल ओबामाले एक पटक भनेकी थिइन् ‘म महिलाहरूमा आफूलाई देख्छु, म महिलाहरूमा आफ्ना छोरीहरूलाई देख्छु  र म  महिला तथा किशोरीहरूलाई वेवास्ता गर्न सक्दिन् ‘।

the-first-lady

संसारभर ६ करोड २० लाख भन्दा बढी महिला जसमा आधा किशोरी रहेका छन्, उनीहरू विद्यालय बाहिर छन् र लाखौं महिला पढ्नका लागि निकै संघर्ष गरिरहेका छन्। ‘लेट गर्ल्स लर्न’ ह्वाइट हाउसबाट सार्वजानिक गरिएको अमेरिकी सरकारको  कार्यक्रम हो जसले विद्यालय शिक्षा पुरा गर्न नसकेका किशोरीलाई लक्षित गरेर काम गर्दछ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: