महिला खबर
ललितपुर । सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७२’ नागरिक दैनिकमा प्रकाशित ‘हद म्यादको तगारो ’ फिचरका लागि पत्रकार भाषा शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि पन्ध्र हजार रुपैयाँ रहेको छ । उक्त फिचर २०७२ साल बैशाख १२ गते नागरिक दैनिकमा प्रकाशित भएको थियो ।
पुरस्कारका लागि समूहले गत २०७२ वैशाख १ गतेदेखि २०७२ चैत ३० गते सम्म छापिएका लैङ्गिक समानतामा आधारित समाचाररलेखरफिचरबाट छनोट गरेको थियो । छनोट गरिएका फिचर तीन सदस्यीय निर्णायक मण्डललाई उपलव्ध गराईएको थियो । पुरस्कार छनोट समितिमा वरिष्ठ पत्रकार धर्मेन्द्र झा , नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र सञ्चारिका समूहकी कोषाध्यक्ष यशोदा अधिकारी रहनुभएको थियो ।
छनोट समितिले समाचाररलेखरफिचरको शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको हो । पुरस्कारका लागि छनोट भएका समाचाररलेखरफिचरमा सञ्चारिका समूहको मासिक प्रकाशन ‘सञ्चारिका फिचर सेवा’ मा प्रकाशित लेख र समूहका कार्यसमितिमा रहेका पदाधिकारीहरूको समाचाररलेखरफिचर समावेश गराइएको थिएन । साथै छनोट तथा मूल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउनका लागि छनोट समितिलाई समाचार उपलब्ध गराउँदा पत्रकार र पत्रिकाको नाम समेत खुलाइएको थिएन ।
‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।
यसैगरी ‘स्व। उमा सिंह पत्रकारिता पुरस्कार २०७२’ काभ्रेबाट पत्रकारिता गर्दै आएनुभएकी पत्रकार रमा दाहाललाई दिने निर्णय गरिएको छ । पत्रकार दाहाल कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ । यो पुरस्कार स्व। पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो । उक्त पुरस्कार महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना भएको हो । उक्त पुरस्कारको राशि सात हजार एक सय एघार रुपैयाँ रहेको छ ।
यसैगरी छाेटाे समय मै पत्रकािरतामा आफ्नाे स्थान बनाउन मेहेनत गरेको भन्दै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७२’ अनलाईन पत्रकार फातिमा वानु र राससका पत्रकार शर्मीला पाठकलाई दिने निर्णय गरिएको छ । पत्रकार वानु र पाठक दुवैजना काठमाण्डौबाट पत्रकारिता गरिरहनुभएको छ । छोटो अवधिमा सक्रिय भई पत्रकातिा गर्ने महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउन सहयोग पुर्याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको हो ।
पुरस्कार यही भदौ २९ गतेका दिन समूहको काठमाडौँमा हुने २० औं बार्षिक साधारण सभाको उद्घाटन समारोहका अवसरमा प्रदान गरिने समूहले जनाएको छ ।
Comment Here!