म महिला न्यायाधीश नियुक्त गर्न सक्छु सक्षम भएर आउनुहोस : प्रधानन्यायाधीश


प्रकाशित मिति :2016-09-09 17:17:57

नुनुता राई

shusila-karki

काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा महिलालाई ल्याउन आफूले धेरै मिहेनत गर्नुपरेकोे प्रधानन्यायाधिश शुशिला कार्कीले बताउनु भएको छ। उहाँले भन्नुभयो ‘एघार जना न्यायाधीशमा दुईजना महिला ल्याउन के गर्नुपर्‍यो परेन सर्वविदित्तै छ।’ आर्थिक क्षेत्रमा महिला सहभागिता : संवैधानिक हकको सुनिश्चितता भन्ने नारासहित शुक्रबारदेखि काठमाडौंमा शुरु भएको कानुन व्यवसायी महिला राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतमा तीन जना महिला हुन धेरै संघर्ष गर्नुपरेको स्मरण गनुर्भयो।
उहाँले भन्नुभयो ‘म प्रधानन्यायाधीशले दुई महिना सत्ताइस दिनसम्म आफ्नो कुर्कच्चा घोटिरहनुपर्‍यो, मलाई पद भएपनि हुन्थ्यो, नभए पनि हुन्थ्यो, म नभए इतिहासमा एउटा महिला प्रधानन्यायाधीशलाई पनि दवाउन खोजियो भन्ने हुन्थ्यो, त्यो पनि मेरो गौरव थियो। न्यायाधीसका लागि शिफारिसमा पर्नुभएका एघार जनाले पाँचमहिनासम्म रगडा गर्नुपर्‍योे। धेरै मिहेनत पश्चात सर्वोच्चमा तीन जना महिला हुन सफल भयौं।’

नेपालमा काम गर्ने भन्दा बढी बोलेर बस्ने र परिश्रम नगरी पैसा खोज्ने प्रवृत्ति बढेको उहाँको भनाइ थियो। नेपालमा काम गरेपनि जस नपाईने भन्दै उहाँले काम गर्न धेरै संघर्ष गर्नुपरे पनि आफू कुनै पुरुषभन्दा कम नहुने प्रयासमा रहने स्पष्ट पार्नुभयो।

conventiom

कतिपयमा प्रधानन्यायाधीशले धेरै गर्न सक्छ भन्ने मान्यता रहेको भन्दै उहाँले भन्नुभयो ‘म महिला न्यायाधीश नियुक्त गर्न सक्छु, तर सबैले साथ दिनुपर्छ, संघर्ष र काम गर्न सक्ने क्षमता भएका महिला आउनुपर्छ।’

सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले आर्थिक मुद्दाका लागि वकालत गर्न वकिलको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आर्थिक मुद्दामा सहभागिता गराउन कानुन पढेका महिला भेट्न मुश्किल छ।’

अधिवक्ता मिना सेढाईले अहिले महिला सहभागिता गराउने नाममा महिला महिलालाई भिडाएर पुरुष रमिता हेर्ने गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘अहिले हरेक क्षेत्रमा महिला सहभागिता गराउने निहँुमा महिला महिलालाई लडाएर रमिता हेर्नु भन्दा महिलासँग भिड्न आउनुपर्छ।’

नेपाल बार एशोसिएसनका अध्यक्ष शेर बहादुर केसीले न्यायपालिका र नेपाल बार एशोसिएसनको सम्बन्ध राम्रो भएकाले मिलेर विभिन्न समस्या समाधान गर्न सकिने औंल्याउनुभयो।

कार्यक्रममा प्रधानन्यायाधिश शुशिला कार्की, सर्वोच्च अदालतका न्यायधिशद्वय मिना खड्का र सपना प्रधान मल्ललाई सम्मान गरिएको थियो। शनिबारसम्म हुने सम्मेलनमा देशभरका कानुन व्यवसायी महिलाको सहभागिता छ। सम्मेलनमा २१ सय महिला कानुन व्यवसायी सहभागी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: