महिला खबर
सिन्धुपाल्चोक । लायन्स क्लब अफ बालाजुलगायत लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट अन्तर्गतका बिभिन्न क्लबको संयुक्त आयोजनामा भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको ठुलोपाखार गाविसमा भएको बृहत निः शुल्क स्वास्थ्य शिविरमा चारसय भन्दा बढी महिलाले स्वास्थ्य जाँच गराएका छन् ।
शिविरमा स्वास्थ्य जाँचका लागि आउने धेरैजसो महिलामा नाक, कान, आँखा र पाठेघरको समस्या देखिएको बरिष्ट युरोलोजिस्ट डा नारायण भुषालले जानकारी दिनुभयो । त्यस्तै पुरुषमा नाक, कान, आँखाको समस्या देखिएको छ । स्वास्थ्य शिविरबाट सेवा लिएका धेरै जसोमा आँखाको समस्या बढी भेटिएको डा भुषाल बताउँनुभयो । उक्त शिविरमा पाँच सय भूकम्प प्रभावितले सेवा लिएका थिए । यी मध्ये चारसय महिला रहेको क्लवले जनाएको छ ।
शिविरमा आउने विरामीको संख्या धेरै भएकाले अव छिट्टै अर्को स्वास्थ्य शिविर सञ्चालन गर्ने लायन्स क्लब अफ बालाजुका अध्यक्ष राजु खड्काले बताउनुभयो । पाँच जना विशेषज्ञको टोली सहित १५ जनाको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिएको थियो । शिविरमा निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरिएको थियो ।
Comment Here!