सुनिताको आशुको शक्ति


प्रकाशित मिति :2016-09-11 17:20:36

महिला खबर

शक्ति समूहकी पुर्ब अध्यक्ष सुनिता दनुवारद्वारा लिखित एवं आशुको शक्ति नामक पुस्तक मंगबार  सार्वजनिक हुँदैछ ।  २ सय २४ पृष्ठको  सो पुस्तकमा मानब बेचबिखन पहिले कसरी हुने गरेको थियो , मानब बेचबिखन पश्चात मुम्बइलगायतका बिभिन्न देशमा महिलालाई कसरी प्रताडित बनाइन्छ र अहिले मानब बेचबिखनको अवस्था कस्तो छ  भन्ने जस्ता कुराहरू जस्ताको तस्तै समेटिएको छ ।

पुस्तकमा उल्लेखित केही बिषय पुस्तकबाटै जस्ताको तस्तै……………

जब त्यो ‘घरवाली’ले ‘आमा’ शब्द उच्चारण गरिन्, मलाई सहन झन गाह्रो भयो । मैले आँखा बन्द गरेर आक्रोशको आवेगलाई रोक्ने कोशिस गरें, तर सकिनँ । रिसमा आँखा पनि मैले देखिनँ । के के गरें गरें ? मेरो त्यस्तो व्यवहार थेग्न नसकेर उनीहरूले हतार हतार मलाई ढोका भित्र छिराए र चाबी लगाए ।

cover

d1

जानेबेलामा ‘घरवाली’ले भनी ‘जबसम्म तैँले धन्दा गर्दिनस्, तबसम्म तँैले पानी पनि पाउदिनस् ।’

‘बरू खाना र पानी केही पनि नदे, तर म यो धन्दा कुनै हालतमा गर्दिन’, मैले पनि कड्किएरै भनें । अब म बन्दी भएकी थिएँ । कोठाभित्र ढोका ढक्ढक्याउने, कराउने, रूने गर्थें । कराउँदा घाँटी नै सुक्यो । रूँदा रूँदा आँखा सुन्निए । भित्तामा टाउको ठटाउँदा टुटुल्का उठे तर मेरो वेदना सुन्ने त्यहाँ कोही थिएनन् । छोरालाई कता लगे ? के खान दिए ? मलाई थाहै भएन । बेलाबेलामा झल्याक्झुलुक्क देखाउँथे । फेरि विजुली जस्तै चम्काएर कता लैजान्थे, कता ? मेरो भोक,तिर्खा, निन्द्राको कुनै ठेगाना थिएन । पानी खान नपाएर मुख सुक्नु भनेको त हावा बदलेको जस्तो भयो । कसरी सुत्नु ? निन्द्रा लागेको भए पो सुत्नु  ! आनन्दमा पो हुँदो रहेछ आराम विराम ! चेलिबटीलाई जसरी त्यो नर्कमा पुर्‍याइन्छ, तर उनीहरूले अनेक सास्ती खेप्न बाध्य हुन्छन् । जुन कुरा  लेखेर वा बोलेर वर्णन गर्न सकिँदैन  । कसैका लागि रमाइलो वा आकांक्षा पुरा गर्न महिलाको अस्मितामाथि  यतिसम्म बज्र प्रहार गरिन्छ कि त्यसको ऐना  अहिले पनि मुम्बईलगायत भारतका बिभिन्न शहरका गल्लीहरूमा  देख्न सकिन्छ । त्यसमा पनि नेपाली चेलीहरूलाई नेपालीले नै बेचबिखनमा पारेका घटनाले सिंगो नेपालको शिर निहुर्याउने गरेको छ । त्यस्ता अपराधीलाई राज्यले पहिचान गरी राज्यद्रोहसरहको कारबाही गर्नु र्छ । महिलाको बर्षाैदेखि अस्मिता लुटिएको छ । बिभिन्न निकाय र नागरिक समाजले पहल गरेर त्यो नरकबाट मुक्त भएपछि पनि अनेक लाञ्छना लगाएर थप पीडा दिइने गरेका छ । त्यसैले भन्ने गरिन्छ त्यो नर्कबाट मुक्त भएपछि उनीहरूमा यौन चाहना हुन्छ । उनीहरूलाई त्यो लागेको बानी झैँ बनिदिन्छ । एक दुई दिन शारीरिक सम्पर्क राख्न नपाउँदा छट्पटि भए जस्तो हुन्छ । त्यतिबेला उनीहरू केटाहरूसंग भेट हुन पाए हुन्थ्यो भन्ने कामना राख्दछन् । होला ! कसै कसैमा त्यस्तो हुँदो हो त्यसैले त्यो नर्ककुण्डमा त्यस्ता कुरा सुनिने गर्थे । तर सबैमा भने त्यस्तो हुँदैन । बरू अपराधीहरूको जालोबाट मुक्त भएको बेला  चेलीहरूले बडा आनन्दको अनुभुति गर्ने गर्छन् ।

d2

बम्बईमा ‘खोली’ भन्ने आश्रयस्थल हुँदो रहेछ, जहाँ बच्चाहरूको हेरचाह गरिदो

su22रहेछ । कोठीमा ल्याइएका महिलाका स–साना बच्चाहरूलाई त्यही खोलीमा राखिँदो रहेछ । खोलीमा ‘आइ’हरूले ती सबै बच्चाको लालनपालन गर्दा रहेछन् । हप्ताको एक पटकमात्र बच्चालाई आमासँग भेट गराउन कोठीमा ल्याईंदो रहेछ । मेरो छोरालाई पनि खोलीमा लगेर राखियो । हुनत, हरेक आमाको मन हुन्छ, बच्चा आफूसँगै होस् । तर मैले अर्को हिसाबले सोच्दा छोरालाई खोलीमा लगेर राखेको ठीकै पनि लाग्यो । किनकि, छोरा यदि कोठामा मैसँग भएको भए उसको भविष्य के हुन्थ्यो ? ऊ खराब संगतमा पनि लाग्नसक्थ्यो ।

तैपनि खोली आफैमा सुरक्षित ठाउँ थिएन । खोलीमा कसैका छोरीलाई राखिएको छ भने क्याल्सियम खुवाएर छिटो छिटो हुर्काउने र खाइलाग्दो ज्यानकी बनाएर कम उमेरमै कोठीमा ल्याएर धन्दामा लगाउने चलन रहेछ । हुर्कीसकेको छोरालाई भने धर्म पुत्रका रूपमा अरू कसैलाई टन्नै रकम लिएर बेचिदिंदा रहेछन् । जसरी हुन्छ पैसा कमाउने । मेरो छोरालाई पनि धर्म पुत्रका रूपमा कसैलाई बेचिदिने हुन् कि भन्ने चिन्ताले मलाई सँधै सताइरहन्थ्यो । हुन पनि मैले कोठीमा बस्दा यस्ता दृश्यहरू देखें, जहाँ पहिला दिदीलाई ल्याएर बेचियो र दिदी धन्दामा अभ्यस्त भएपछि उनकी बहिनीलाई पनि दलालहरूले ल्याएर बेचे । बहिनी भर्खर नौ–दश वर्षकी भएकाले उनलाई खोली (आश्रयस्थल )मा लगेर राखियो । खोलीमा क्याल्सियम खुवाएर उसलाई चिन्नै नसक्ने बनाएछन् । हलक्क बढेकी । दुई महिनापछि कोठीमा ल्याउँदा उनलाई हामी कसैले चिनेनौं । उनको बडी स्ट्रक्चर पुर्ण रूपमा विकसित बनाइएको थियो र कम उमेरमै धन्दाका लागि ‘योग्य’ बनाइएको थियो । त्यसरी दिदी र उनकी कलिली बहिनीलाई एक साथ धन्दामा लाग्न बाध्य पारियो पिलोज्मा ग्राहकले केटी छान्ने हैन, केटीहरूले ग्राहकलाई तानातान गर्थे । केटीहरू मेकअप गरेर रोडमा लहरै बसिरहेका हुन्थे । बाटोमा कुनै केटालाई देख्नासाथ उनीहरू ‘अरे मेरे शाहरूख खान आजा ना, सिर्फ बीस रूपय तो है, मेरे जाने मन, जाने जिगर, आजा ना’ भन्दै तान्न जान्थे । बाटोमा हिँडिरहेका केटाहरूलाई उनीहरू तान्न गएको त्यो दृश्य बडा अचम्मको हुन्थ्यो । ग्राहक र केटीहरूवीच बीस रूपैयाँदेखि पचास रूपैयाँसम्म बार्र्गेनिङ हुन्थ्यो । तिनमा माग्नेदेखि रिक्सावालासम्म ग्राहक हुन्थे । कुरा मिलेपछि केटीहरूले ग्राहकलाई माथि आफ्नो पिलोज्मा लैजान्थे । पिलोज् खासमा निम्न बर्गको यौन अखडा हो । त्यहाँ ग्राहक पनि निम्न बर्गका र केटीहरू पनि त्यस्तै खालका हुन्थे । त्यहाँ जोखिम पनि धेरै हुन्थ्यो । विभिन्न खालका यौन रोगको संक्रमण हुने जोखिम पनि पिलोज्हरूमा बढी हुन्थ्यो । सुरक्षित यौन सम्पर्क हुँदैनथ्यो र केटीहरू सहजै कन्डम नलगाई सम्पर्कका लागि तयार हुन्थे । त्यहाँका केटीहरू त्यही कारण गर्भवती हुन्थे र त्यहीँ बच्चा पनि जन्माउँथे । अवस्था कहाँसम्म दर्दनाक हुन्थ्यो भने पिलोज्को बेडमुनि सानो बच्चा सुतिरहेको हुन्थ्यो । माथि बेडमा आमा यौन धन्दा गर्न बाध्य हुन्थिन् ।

d3
उफ् ! स्वदेश आउनु भन्दा त बरू हामीलाई भारतको त्यही सरकारी आवास ठीक लाग्यो । त्यो सरकारी आवासभन्दा त बरू त्यही कोठी ठीक थियो, जहाँ मानिसहरू हाम्रो शरीरसँग मात्र खेल्थे, कम्तीमा हाम्रो मनमा त उनीहरूले धावा बोलेका थिएनन् । हाम्रो यौन शोषण हुन्थ्यो, तर हामीले मनभित्र लुकाएर राखेको स्वदेशप्रेमको भावनामा त ठेस पुग्न पाएको थिएन । आफ्ना मानिसहरूप्रतिको विश्वास जिवितै थियो, तर स्वदेश आएपछि हाम्रो त्यो विश्वास धरमराउन थाल्यो । चार दिवारभित्रको कोठीमा केही पुरूषहरूले हामीलाई झम्टिन्थे, हाम्रो शरीरलाई झम्टिन्थे, विमानस्थलमा त सयौं आँखाहरूले हामीलाई झम्टिन खोजेको पायौं । पत्रकारहरूका ‘भोका क्यामरा’हरूले झम्टिन खोजेको पायौं । मानिसहरूको उपहासले भरिएका दृष्टिका तिखा काँडाहरूले हाम्रो आत्मसम्मान र स्वाभिमानमा चारैतिरबाट घोंची रहेजस्तो लाग्यो ।

लुकी लुकी क्याबिन रेस्टुराँहरूमा छिर्ने भएर त होला, सिडिओ कार्यालयको एउटा अधिकारीले हामीलाई प्याच्च भनिहाल्यो, ‘तिमीहरू त विछट्टै राम्री पनि रहेछौँ । कलिला केटीहरू रहेछौँ, यसो मसाज पार्लर, डान्स बार या क्याबिन रेस्टुराँतिर लागे पो काम पनि पाइन्थ्यो, टन्न पैसा पनि कमाइन्थ्यो त ! संस्था चलाउन त धेरै गाह्रो हुन्छ मैयाँ हो । पि.एच.डी. पास गरेकाले मात्र संस्था चलाउने हो । भो, दुःख नगर नानी हो ।’

नागरिकताका लागि अनावश्यक दुःख पाएपछि एक दिन मलाई साह्रै झोँक चल्यो । अनि सोझै जिल्ला विकास समितिका सभापतिलाई गएर भनें–‘यो के चाला हो, कि म नेपाली नागरिक हैन भनेर लेखेर दिनुस् । या श्रीमानको नामबाट नागरिकता बन्दैन भन्ने बुँदा संविधान या कानूनमा कहाँ लेखेको छ त्यो देखाउनुस् ? चार वर्षदेखि म यही नागरिकताकै लागि काठमाडौंबाट घाउरहेकी छु । एक पटक आउँदा मेरो पाँच–छ हजार रूपैयाँ खर्च हुन्छ । मलाई नागरिकता नदिएर किन दुःख दिएको ?’

d4

मेरो एक मात्र लक्ष्य हो, बहुआयामिक रूपमा नेपाली महिलाको सशक्तीकरण । उनीहरूलाई जोखिममा पर्न नदिने, जोखिममा परेका छन् भने उद्धार गर्ने र आश्रय दिने अनि शैक्षिक, आर्थिक र राजनीतिक रूपमा समेत उनीहरूलाई समाजको नेतृत्वदायी स्थानमा पुर्‍याउने । बस मेरो जीवनको चाहना, लक्ष्य, उद्देश्य जे भने नि यही हो ।

गणतन्त्रात्मक लोकतन्त्रको पथमा मुलुक अग्रसर भइसक्दा पनि सामाजिक मुल्य मान्यता र सम्बन्ध अझै पितृसत्तात्मक सोंच र व्यवहारबाटै निर्देशित छ । महिलाहरू अझै पनि परनिर्भरता, दासता, यातना र दुव्र्यवहारभित्र दबिएर बस्न बाध्य छन् ।

अहिले पनि महिलाहरूमाथि विभिन्न धर्म, संस्कृति र परम्पराको आडमा हिंसा हुँदै आएको छ । समाजमा हुने लैंगिक विभेदमा आधारित हिंसाका कारण महिलाहरू शिक्षा, स्वास्थ्य, रोजगारजस्ता विभिन्न अवसर र आधारभूत आवश्यकताहरूबाटसमेत बञ्चित छन् । यसको फलस्वरूप महिला तथा किशोरीहरू बेचविखनको उच्च जोखिममा छन् । परिवार तथा समाजले बेचविखन तथा ओसारपसारमा परेका महिलालाई सहज स्वीकार गर्नुको साटो हेयको दृष्टिले लाञ्छित व्यवहार गर्नुले प्रभावितहरू परिवर्तनका संवाहकको रूपमा आफुलाई उभ्याउने गरि रूपान्तरित हुने ताकत बटुल्नुभन्दा उल्टै पुनःबेचविखनको उच्च जोखिममा रहनुपर्ने दुःखदायी अवस्था सिर्जना भएको छ । बेचविखन तथा ओसारपसारमा परेका महिला तथा बालबालिकाहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक र फराकिलो हुन नसक्दा उनीहरू सामाजिक न्याय पाउनबाटसमेत बञ्चित छन् । यस्तो अवस्थामा राज्यको भूमिका उनीहरूको पक्षमा अझै प्रभावकारी हुन सकिरहेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: