सरकारी निकायका प्रतिनिधिलाई महिलाको प्रश्नै प्रश्न


प्रकाशित मिति :2016-09-12 12:17:19

 विदुर आचार्य

bidur-n

सिन्धुपाल्चोक । घरेलु मदिराले गर्दा गाँउमा झै झगडा बढेको छ । सामाजिक  विकृती वढेको छ । यसलाई रोक्न पहल गरिदिनुपर्‍यो ।

मदिरा र तासका कारण  युवाहरूले समेत घरेलु हिंसा गर्दछन्  ।

भूकम्प गएको सोह्र महिना भै सक्यो अझै अस्थाई टहरोमा ग्रामिण महिलाहरुलाई निर्वाह झन् कष्टकर वन्दै गएको छ । पुन निर्माण कस्तो हुने र महिलामैत्री कसरी वनाउने भन्ने कुनै जानकारी छैन ।

हामी नगरवासी भएको लामो समय भै सक्यो । तर नगरपालिकामा पाउनुपर्ने सामान्य सुविधा समेत यहाका महिलाहरुले अनुभव गर्न पाएका छैनन् । एम्वुलेन्स आउने सडक समेत सँधै संञ्चालन हुन सक्दैन ।

सदरमुकाम नजिकै रहेको चौतारा नगरपालिका गिदानेका   महिलाको प्रतिनिधी आवाज हो । भदौरे झरी, भूकम्पले क्षत बिक्षत वनाएको गाँउको एउटा विद्यालयको कोठामा  आयोजित भूकम्पपछि पुननिर्माणको अवस्था विषयक एक सार्वजनिक सुनुवाई कार्यक्रममा भरिभराउ थिए स्थानिय । गाउँमै गुनासो सुन्न पुगेका प्रहरी उपरीक्षक रबिन्द्र के.सीलाई महिलाको  सवै भन्दा धेरै जिज्ञाशा थियो ।

पहिलो पटक गाँउमा पुगेका प्रहरी प्रमुखलाई स्थानिय महिलाले निर्धक्क आफ्नो गाउँका यस्तै समस्यामा प्रश्न ओइर्‍याए अनि यी समस्या  निराकरण गरिदिन अनुरोध गरे ।

स्थानियले नगरपालिका प्रमुख र प्रहरी प्रमुखसँग विद्युत प्राधिकरणले जाँच नै नगरी विद्युत महसुलमा जरिवाना  तथा वढी रकम लिएकोमा समेत आक्रोस पोख्न भ्याए । भूकम्प गएको यति लामो समय वितिसक्दा पनि पीडितले आवास निर्माण गर्न सकेका छैनन् ।

सार्वजनिक सुनुवाइमा सहभागी सरस्वती कार्की भन्छिन् ‘केही समय त राहतका दाल चामलले निर्वाह भयो, तर अव आयमुलक तालिम दिनुपर्‍यो ।’ उनले महिलाको लक्षित वजेट महिलाकै हितमा खर्च गर्ने परीपाटी मिलाउन समेत नगरपालिकासँग अनुरोध गरिन् । लक्षित क्षेत्रको वजेट अन्यत्र खर्च गरेर महिला तथा लक्षित वर्गलाई झनै पीडित वनाएको उनले वताईन् ।

अधिकांश दलित तथा जनजातिको वसोवास रहेको यो बस्तीमा मादक पदार्थ सेवन गरी होहल्ला, झै झगडा गर्नेे र यसले घरेलु हिंसा पनि वढेकोले यसलाई निरुत्साहित गर्न स्थानिय महिलाले प्रहरीलाई आग्रह गरेका छन् । पारीवारिक तथा घरायसी काम छोडेर दिनभर तास खेल्ने प्रबृत्तिले सामाजिक विकृति वढेकाले यस्ता गतिविधि अन्त्य गर्ने अभियान चलाउन स्थानिय ज्ञानु रखालमगरले अनुरोध गरिन् ।

कार्यक्रममा वोल्दै प्रहरी प्रमुख रविन्द्र के सीले गाउँमा व्यापारिक प्रयोजनका लागि मदिरा उत्पादन नगर्न उनुरोध गरे । ‘व्यापारिक प्रयोजनका लागि कसैले मदिरा वनाउँछ भने हामीलाई खवर गर्नुस्, हामी सवै मिलेर यसको नियन्त्रण गरौ,’ उनले भने,‘घरेलु मदिराको कुनै परीक्षण हुँदैन, यसले समाजमा थुप्रै विकृति निम्तन्छ, यसलाई नियन्त्रण गर्न हामी प्रतिवद्ध छौं ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: