छोरी जति सरकारी स्कुलमा


प्रकाशित मिति :2016-09-12 14:12:53

यमुना खनाल

2-1

सिराहा । ‘छोरी अरुको घर जाने जात त हो भन्ने सोचले कत्तिसम्म प्रभाव पारेको छ भन्ने छोरा र छोरीलाई दिइने शिक्षामा स्पष्ट देखिन्छ  ।’ अधिकारकर्मी देब कुमारी महरा छोरीप्रतिको सोचाई समाजमा कस्तो छ भन्ने कुरा त्यहाँको शैक्षिक वातावरणले स्पष्ट पार्ने बताउँछिन् ।

समाजमा छोरा र छोरीलाई विभेद गरिनुहुन्न भनेर जत्तिसुकै जनचेतना जगाउने काम गरेपनि यसलाई परिवर्तन गर्न धेरै समय लाग्ने बताउँछिन् ।

सिरहाको लक्ष्मण ललिता उच्च माबिको कक्षा सातमा १ सय ४१ जना बिद्यार्थी छन् । ती मध्ये ७० प्रतिशत छात्रा छन् । ३० प्रतिशतमात्र छात्र छन्् । ती छात्राले आफ्नो दाजु अथवा भाई निजी विद्यालयमा पढ्ने बताउँछन् ।

सिरहाको बिष्णुपुरकटी ७ की पुनम लामिछाने सामुदायिक स्कुलमा कक्षा १० मा पढ्छिन् । उनका भाई नीजि स्कुलमा पढ्छन् । उनको बुझाईमा छोराछोरीलाई आमाबुवाले माया समान गरेपनि अवसरमा विभेद गर्छन् । भन्छिन् ‘छोरालाई जस्तै हामीलाई पनि आमाबुबाले माया गर्नु  हुन्छ तर फेरी पढाउँदा छोरालाई राम्रो र महँगो स्कुलमा हामीलाई सरकारीमा पठाउनुहुन्छ ।’

chori

बिष्णुपुरकटिकै प्रमिला कार्की तुलसीराम सत्यभाबा डोटेल उच्च माबिको कक्षा दशमा पढ्छिन् । उनका दाजुहरू नीजि कलेज पढ्छन भाई बोर्डिङ स्कुलमा पढ्छन् ।

आमाबुवा बाटै  भएको विभेदले चित्त दुखेकोे बताउँछिन् । उनी भन्छिन ‘छोराले टिफिन लगे नलगेको ,खाए नखाएको सधैं हेर्नु हुन्छ , ढिलो अथवा छिटो घर आए तुरन्तै फोन गरेर सरलाई सोध्नु हुन्छ गुनासो लिएर स्कुल पुग्नुहुन्छ ।, तर हामीलाई यी कुनै कुरामा वास्ता गर्नु हुन्न ।’ थप्छिन् ‘अझ उल्टै भाईको स्कुल ड्रेस मैलो छ धोई देउ सरकारी स्कुलमा जस्तो हो ? उल्टै आमाले मलाई भन्नुहुन्छ ।’

सोही स्कुलको कक्षा दशमा पढ्ने निशा मन्डलका बाबु पनि उनी पढ्ने स्कुलमै पढाउँछन् । निशा घरकी जेठी छोरी हुन् । छोराको चाहनामा निशाका आमा बाबुले पाँच छोरी जन्माए । पाँच जना मुनि जन्मिएको एउटा भाई छ । पाँचै दिदी बहिनी सरकारी स्कुलमा पढ्छन्, तर भाई निजी स्कुलमा पढ्छन् । छोरालाई राम्रो पढाए समाजमा नाम हुन्छ भन्ने सोचाई भएको कारण भाईलाई निजी विद्यालयमा पढाएको निशाको बुझाई छ ।

‘छोरीलाई दुईचार कक्षा पढाएर विवाह गरिदिने चलन नै समाजका लागि घातक हो’ बुद्धिजीवी डा.नमो नारायण झा भन्नुहुन्छ । राज्यस्तरबाटै शिक्षा, रोजगारी ,र सीप विकासमा महिलालाई प्राथमिकता दिएर उनीहरूलाई आफ्नै सीप र क्षमतामा बाँच्न सक्ने बनाउने हो भने मात्र अरुका छोरीको प्रगतिको सिको गरेर छोरीलाई पनि समान अवसरको शुरुवात हुने झाको तर्क रहेको छ ।

नेपालमा संविधान र कानुनले लिंगका आधारमा बिभेद गर्न नपाउने व्यवस्था गरे पनि परिवार र समाजले यी कुरालाई स्वीकार्न नसकेकाले छोरीले अझै परिवार भित्रै विभेदमा बाँच्न बाध्य भएको बताउँछिन् महिला बालबालिका कार्यालयकी अधिकृत अनिता तामाङ्ग । उनी भन्छिन् ‘छोरा र छोरी बीचको बिभेद हटाउन सामाजिक अभियानको रुपमा परिवार र समाजबाटै शुरु गर्न आवश्यक छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: