महिला खबर
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका साविकको कोपवा, निग्लिहवा र हथौसा गाबिसमा महिला शक्ति विकास केन्द्र नेपालले गरिरहेको कार्यक्रमको जिबिस कपिलबस्तु, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि विकास कार्यालय, संचारकर्मी तथा विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको टोलीले अनुगमन गरेको छ ।
अनुगमनमा महिला तथा बालबालिका कार्यालय कपिलबस्तुका कार्यालय प्रमुख कमला पौडेलले महिलालाई आफूले सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गरेकी छिन् । राज्यले समेत ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितता गरेको बताउँदै महिलालाई आफ्नो हक अधिकारको बारेमा सचेत रहन समेत उनले आग्रह गरिन् ।
संस्थाले गाउँ महिला समूह गठन गरी आर्थिक सहयोग गरेको साथै वचत र लगानी गर्न सिकाएको कार्यक्रममा सहभागी महिलाले बताएका छन् । उनीहरुले सामूहिक र ब्यक्तिगत आयआर्जन गरिरहेकोमा महिला खुसी ब्यक्त गरेका थिए ।
महिला शक्ति विकास केन्द्र नेपालले बाणगंगा नगरपालिकाका साविकका गजेहडामा ११ वटा, हथौसा गाविसमा ११, निग्लिहवामा १०, कोपवामा ९ वटा गाउ महिला समूह गठन गरि महिलाका लागि सचेतनामुलक, सिपमुलक क्षमता अभिवृद्धि आयआर्जनमुलक कार्यक्रम तालिम गोष्ठी अन्तरक्रिया लगायतका कार्यक्र संचालन गर्दैआएको महिला शाक्ति विकास केन्द्र नेपालकी क्षेत्रीय संयोजक जानकी चौधरीले बताइन् । हाल कपिलबस्तुलगायत देशका १२ जिल्लामा २०६६ सालदेखि आफ्नो विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
Comment Here!