असुरक्षित गर्भपतनले महिलाको ज्यान र स्वास्थ्य जोखिममा


जथाभावी औषधी बिक्री वितरणमा तुरुन्त रोक लगाउनुपर्ने माग

प्रकाशित मिति :2016-09-12 15:58:27

दुर्गा कार्की

काठमाडौं । बाजुराकी ३२ वर्षीया धौली लुवारले गर्भपतनको औषधी सिधै पसलबाट किनेर खाइन र घरतिर लागिन् । उनलाई यो औषधी खाँदा हुनसक्ने समस्या र समस्या भए आउनुपर्ने ठाउँका बारेमा कसैले भनेनन् । औषधी खाएपछि अत्यधिक रगत बग्यो । अचेत भएपछि मात्रै अस्पताल ल्याइयो । जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल लगिएको छ ।

अनिच्छित गर्भपतनका लागि सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थामा नगइ औषधी पसलबाट औषधि किनेर खाने प्रबृत्ति बढ्दो छ । ‘एक त यसरी पसलमा औषधी बेच्नु नै गैरकानुनी हो, अर्को कति हप्ताको गर्भ हो त्यस अनुसार औषधी फरक हुन्छ जुन कुरा पसलेलाइ थाहा हुँदैन’ परोपकार प्रसूति गृह थापाथलीका निर्देशक जागेश्वर गौतम भन्नुहुन्छ । त्यही भएर तालिम प्राप्त स्वास्थ्यकर्मीबाटमात्रै गर्भपतन गराउनुपर्ने उहाँको भनाइ छ ।

bre‘कतिपय अवस्थामा आफ्नो गर्भ रहेको अवधि स्वयं महिलाले पनि भन्न सक्दैनन्, यदि गर्भ रहेको अवधि तलमाथि भएमा दिइने औषधीले पनि जोखिम बढाउँछ, जुनकुरा तालिम प्राप्त स्वास्थ्यकर्मीले छामेर पत्ता लगाउँछन्’ गौतम भन्नुहुन्छ ।

धौलीलाई दिइएको औषधी मिफेप्रिस्टोन २०० एमजी र मिसोप्रोस्टल २०० एमसिजी नौ हप्ताको गर्भलाई दिइने औषधी हो । यदि उनी सुचिकृत स्वास्थ्य संस्थामा गएर गर्भपतन गराएको भए उनको गर्भ हेरेर स्वास्थ्यकर्मीले औषधी दिन्थे र समस्या भए फेरी अस्पताल आउन भन्थे जुन कुरा उनलाई थाहा भएन र ज्यानै जोखिममा पर्‍यो । उहाँका अनुसार अहिले गाउँ गाउँमा खुलेको बर्थिङ सेण्टरमा नर्सहरू तालिमप्राप्त छन् । उनीहरूबाट पनि सुरक्षित तरिकाले गर्भपतन गराउन सकिन्छ । तर गर्भपतनपछि हुने जोखिम र आफ्नो स्वास्थयलाई यसले पछिसम्म पार्न सक्ने समस्याका बारेमा जानकारी नहुँदा महिलाले जथाभावी खुलेका र दर्ता नभएका औषधी पसलबाट सिधै औषधी किनेर खाने गरेका छन् । जुन औषधी  पसलेले पनि  प्रेस्किप्सनविना बेच्न पाउँदैनन् ।

निर्देशक गौतम सुरक्षित गर्भपतन गराउने संस्था वडा वडामा भएमामात्र महिलाको पहुँच पुग्ने बताउनुहुन्छ । एकातिर पहुँच छैन, अर्को तिर चेतना नहँुदा महिलाको ज्यान र स्वास्थ्य दुबै जोखिममा परिरहेकाले राज्यले यसतर्फ तुरुन्तै हस्तक्षेप गर्नुपर्ने उहाँको सुझाव छ ।

प्रजनन् स्वास्थ्यका बारेमा स्कुल कलेजका पाठ्यक्रममा समावेश गर्नु अति जरुरी भैसकेको पनि उहाँ बताउनुहुन्छ । ‘आफ्नो शरीर र स्वास्थ्य के हो भन्ने थाहा नभएसम्म यस्तो प्रबृत्ति जारी रहने हुनाले शरीरका बारेमा स्कुल र कलेजमै किशोर किशोरीलाई ज्ञान दिनुपर्छ’ उहाँ भन्नुहुन्छ । गर्भपतन दुई तरिकाले गराइन्छ । औषधीबाट र सर्जिकल जसलाई क्युरेट गर्ने पनि भनिन्छ । यी छुट्टा छुट्टैका लागि तालिम लिएर सुचिकृत हुनुपर्छ । नौ हप्तासम्मको गर्भलाई औषधी दिएर पतन गराउन सकिन्छ ।

संस्था र व्यक्ति दुवै सुचिकृत हुनसक्ने स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले   जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर औषधी र सर्जिकल दुबै गर्न पाउने ५३८ सुचिकृत स्वास्थ्य संस्था छन् । यसैगरि औषधीले मात्र गर्भपतन गराउन पाउने ५०१ स्वास्थ्य संस्था सुचिकृत छन् भने १४ सय ३१ जना डाक्टर र ५३९ जना स्टाफ नर्सले पनि सुरक्षित गर्भपतन गराउन सक्ने तालिम लिइ प्रमाणपत्र पाएका छन् । यसैगरि बर्थिङ सेण्टरमा काम गर्ने १ हजार २७ नर्सले औषधीबाटमात्रै गर्भपतन गराउने तालिम लिएको महाशाखाले दिएको तथ्याङ्कमा उल्लेख छ

गर्भपतनका लागि औषधीव्यवस्था विभागले चारवटा ब्रान्डका औषधीलाई मात्र बिक्री गर्ने अनुमति दिएको छ । तर दर्जनौ ब्रान्डका औषधी बजारमा बिक्री भइरहेका छन् । औषधी व्यवस्था विभागले त्यसको निगरानी गरी जथाभावी औषधी बिक्रि गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

विद्यमान कानुन अनुसार १२ हप्तासम्मको गर्भलाई महिलाले स्वेच्छिक रुपमा पतन गराउन सक्छन् । तर जवरजस्ती करणी वा हाडनाता भित्र गर्भ रहन गएमा, शारिरीक स्पमा बच्चा अशक्त भएमा १८ हप्तासम्मको र इजाजत प्राप्त चिकित्सकले आमा र बच्चा वा दुईमध्ये कुनै एकको ज्यान जोखिम रहेको भनि गर्भपतन गराउन सिफारिस गरेको अवस्थामा जुन सुकै बखत महिलाले गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: