भारतीय एसिड पीडित रेश्मा बानो न्यूयोर्क फेसन शोमा


प्रकाशित मिति :2016-09-12 16:18:30

महिला खबर

reshm2
एजेन्सी ।  गत विहीवार भारतकी एसिड आक्रमण पीडित रेश्मा बानो कुरेसी न्यूयोर्क फेसन शोमा एउटा साहस, सहनशील र सशक्त सन्देश दिँदै र्यादम्पमा देखा परिन्।  उनले दिएको सन्देशका कारण उनी हजारौंको मन जित्न सफल भइन्। उनले उक्त शोमा भनेकी थिइन् ‘सुन्दरतालाई छालाले निर्धारण गर्दैन्।  उनी सुन्दतरता सम्बन्धि  रुढीवादलाई तोड्दै र्‍याम्पमा आत्मविश्वासका साथ उत्रिएकी थिइन् र उनले उक्त क्षणलाई जिवन परिवर्तनिय अनुभव भनेर भनेकी थिइन्।

१९ वर्षीया रेश्मालाई एफ टि एल फेशन प्रोडक्सन कम्पनीले बाई एनुअल फेसन सप्ताहमा भागलिन बोलाएको थियो। उनले उक्त शोमा उनले अर्चना कोछरले डिजाइन गरेको पोशाक पहिरिएकी थिइन्।

resh4

कुरेसीले एसिड आक्रमणबाट एउटा आँखा गुमाएकी छन् । उनको अनुहार नराम्ररी बिग्रिएको छ । २००४ मा रेश्मालाई उनका भिनाजु र भिनाजुका साथीहरूसहितले एसिड प्रहार गरेका थिए।

रेश्माले अनुबाद्क मार्फत भनिन् ‘ मानिसहरूले एसिड आक्रमणका पीडितको कथा र  आक्रमणका पीडितहरू पनि सामान्य जिवन बाच्न सक्छन् भन्ने बुझ्नु आवश्यक छ । मानिसको स्वरुपमा कारण उनीहरुलाई मुंल्याकन गरिनु हुँदैन्’।  उनले भनिन् ‘कुनै पनि पुस्तकलाई त्यसको बाहिरको कभरले मुंल्याकन गरिनु हुँदैन्।’

रेश्मा आक्रमणबाट कमजोर नबनेर बरु एसिड आक्रमणका पीडितहरूका लागि एउटा बलियो आवाज बनेकी छन्। भारतमा उनले आफ्नै ‘मेक लभ नट स्कार्स’ यूट्युब भिडियोहरू सार्वजनिक गरेकी छन् जसले एसिड आक्रमणका पीडितहरू सम्बन्धि जनचेतना फैलाउने कामका साथै पीडितहरूलाई आत्मविश्वास र मर्यादित जिवन जिउन शसक्त बनाउन मदत गर्दछ।

resh3

उनले शोमा भनिन् ‘ किन हामीले हाम्रो जिवनमा नरमाउने रु हामीसँग जे भयो त्यो हाम्रो गल्ति होइन, हामीले कुनै पनि गल्ति गरेका छैनौं । हामीले जिवनमा अगाडि बढ्नुपर्छ। ‘

खासगरि महिला तथा बालबालिकाहरूलाई एसिड आक्रमणको केन्द्र बनाईन्छ। दक्षिण पुर्वि एसिया, सब( सहरत अप्रिका, वेस्ट इन्डिज तथा मध्य पुर्वी देशहरूमा एसिड आक्रमण गर्ने प्रवृति बढी पाइन्छ। भारतमा मात्रै प्रत्येक बर्ष  ५ सय्देखि एक हजारजनामाथि एसिड आक्रमण हुने गरेको पाइन्छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: