महिला खबर
काठमाडौं। नायिका स्वेता खड्काले श्रीमान श्रीकृष्ण श्रेष्ठको निधन भएको २ बर्षपछि रातो लुगा लगाएको तस्विर आफ्नो फेसबुकपेज मार्फत सार्वजनिक गरेकी छिन् । उनले मेकअप र हेयर स्टायलको लागि सिमा गुरुङ र आफ्नो आत्मविश्वास बढाउन मदत गरेकोमा रोजिना श्रेष्ठलाई धन्यबाद दिएकी छन्।
नायक श्रीकृष्ण श्रेष्ठ सँग विवाह गरेको एक महिनामै श्रेष्ठको निधन भएको थियो। त्यसपश्चात उनले पहिलो पटक रातो पहिरन लगाएकी हुन् । श्रीमानको निधनले विक्षिप्त बनेकी श्वेता लामो समयसम्म सार्वजानिक कार्यक्रमहरुबाट टाढा रहेकी थिईन् । हाल सामान्य जीवनमा फर्किने प्रयासमा विभिन्न कार्यक्रमहरुमा सहभागी जनाउँदै आएकी छिन् ।
Comment Here!