बाजुरामा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा असुरक्षित गर्भपतन


प्रकाशित मिति :2016-09-13 12:27:54

प्रकाश सिंह

बाजुरा जिल्लाको जिल्ला स्वास्थ्य कार्यलयमा सुरक्षित गर्भपतन सेवा सम्बन्धि बोर्ड झुण्ड्याइएको छ तर तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा महिला असुरक्षित गर्भपतन गराउन बाध्य भएका छन् । तस्विर :प्रकाश सिंह

बाजुरा जिल्लाको जिल्ला स्वास्थ्य कार्यलयमा सुरक्षित गर्भपतन सेवा सम्बन्धि बोर्ड झुण्ड्याइएको छ तर तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा महिला असुरक्षित गर्भपतन गराउन बाध्य भएका छन् । तस्विर :प्रकाश सिंह

बाजुरा । गर्भपतन गराउँदा संस्था र ब्यक्ति दुबै सुचिकृत भएको हुनु पर्ने कानुनी प्रावधान छ । तर बाजुरा जिल्लामा संस्था सुचिकृत छ, तर स्वास्थ्यकर्मी नहुँदा बाजुराका महिला असुरक्षित गर्भपतन गर्न बाध्य छन् ।

क्षेत्रिय स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा जिल्ला स्वास्थ्य कार्यलय बाजुरा र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र सुरक्षित गर्भपतन गर्नका लागि सुचिकृत छन् । तर बाजुरामा एकजना पनि तालिम प्राप्त कर्मचारी नभएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका मेडिकल अधिकृत रोहित कुमार गिरीले बताए । गिरीले भने ‘जिल्लामा तालिम प्राप्त स्वास्थ्यकर्मी नभएका कारण धेरैलाई हामीले फिर्ता पठाउनु पर्ने बाध्यता छ ।’

एक साता पहिला बडिमालिका ७ कोर्ध बस्ने ३२ बर्षिय धौली लुवार जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा सुरक्षित गर्भपतन सेवा लिन पुगिन,् तर तालिम प्राप्त स्वास्थ्यकर्मी नहँुदा उनी फिर्ता भईन र बजारको औषधि पसलबाट औषधि किनेर खाइन र गर्भपतन गराईन् । जसले गर्दा उनको ज्यान नैे जोखिममा छ । जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा उपचार सम्भब नभएपछि उनलाई बयलपाटा सिफारिस गरेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । उनलाई रगत अभाब रहेको अस्पतालले जानकारी दिएको छ ।

उनलाई कहाँ गर्भपतन गर्ने कुनै जानकारी भएन्, । ‘अस्पतालममा हु“दैन भनेपछि सिधै बजारबाट किनेर खाएको हो । मलाई केही थाहा थिएन ।’ धौलीले भनिन ।

त्यस्तै कोटिला गाबिसकी गंगा बिक (नाम परिवर्तन) पनि सुरक्षित गर्भपतन सेवा लिन प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा पुगिन् । संस्था सुचिकृत थियो, तर स्वास्थ्यकर्मी नहुँदा उनी फिर्ता भइन् । स्थानिय मेडिकल बाट औषधि किनेर गर्भपतन गरेको उनले बताईन् । अछाम, नेपालगञ्ज जानलाई आर्थिक अवस्था राम्रो थिएन, त्यसैले बाध्य भएर बजारबाट २ हजारको औषधी किनेर गर्भपतन गरेकी हुन् उनले ।

सरकारले जिल्ला स्वास्थ्य कार्यलय र स्वास्थ्य संस्थाबाट निशुल्क गर्भपतन सेवा भनेर घोषणा गरेको छ । अर्कोतिर कार्यलयमा सुरक्षित गर्भपतन सेवा भनेर बोर्ड झुण्डाएको छ । तर तालिम प्राप्त स्वास्थ्यकर्मी नहु“दा बाध्य भएर बजारमा खोलिएका मेडिकलबाट असुरक्षित गर्भपतन हुदै आएको छ । जसका कारण महिलाको ज्यान समेत जोखिम बन्दै गएको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलमा भने बाजुरा जिल्ला स्वास्थ्य कार्यलयमा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा रहेको तथ्याङ्क रहेको छ । जिल्लाबाट कुनै जानकारी नआएको र स्वास्थ्यकर्मीले पनि तालिम नलिएको जानकारी नभएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक शिद्धराज भट्टले वताए । जिल्लाबाट नै सिधै परिवार स्वास्थ्य महाशाखामा जानकारी गरे पनि तालिम पाँउने व्यवस्था भएको उनले बताए । यता मेडिकल अधिकृत रोहित गिरीले भने माथिल्लो निकायमा पहल गरेको भए पनि तालिम नपाएको बताएका छन् ।

कानुनत १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन पाइन्छ । ‘सुरक्षित गर्भपतन सेवा विस्तार रणनितिक तथा कार्य सञ्चालन सेवा निर्देशिका २०६६’ अनुसार स्वास्थ्य सेवा बिभाग, परिवार स्वास्थ्य महाशाखाबाट गर्भपतन सेवा प्रदान गर्ने ब्यक्ति र संस्था दुबैले प्रमाण–पत्र लिएको हुनुपर्छ ।

थप समाचार..
असुरक्षित गर्भपतनका कारण महिलाको ज्यान जोखिममा

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: