पार्वती पाण्डे
कपिलवस्तु । श्रीङ्गीघाट सामुदायिक बन उपभोक्ता समुह बाणगंगा १, ९, १० र ११ कपिलवस्तुले गरिबी निवारण अन्तर्गत जिविकोपार्जनका लागि आयमुलक कार्यक्रम सन्चालन सुरु गरेको छ । महिलालाई आत्मनिर्भर बनाउने उद्घेश्यले सामुदायिक वनले ३ महिने निशुल्क सिलाई कटाई तालिम दिन थालेको सामुदायीक वनकी अध्यक्ष रेनु सेनले जानकारी दिईन् ।
आर्थिक वर्ष ७२/७३ को वनको आम्दानीवाट भएको ३५ प्रतिशत रकम समुदायमा खर्च गर्ने नियमअनुसार सिलाई कटाई तालिम दिएको सामुदायिक वनकी अध्यक्ष रेनु सेनले बताइन् । श्रीङ्गीघाट सामुदायिक बनको १४ मौजालाई लक्षित गरि २८ जना महिलालाई तालिम दिइरहेको छ ।
भदौ १ गते देखि संचालन भएको तालिम कात्र्तिक ३० गते सम्म संचालन हुने छ । वनले अन्य बाख्रा पालनको लागि जनही १५ हजारका दरले २८ जनालाई ४ लाख २५ हजार प्रदान गरेको छ । ४ सय ९९.२६ हेक्टर क्षेत्रफल ओगटेको यस बनको समुहमा महिलाको बढि सहभागिता रहेको सेनको भनाई छ ।
Comment Here!