आङखस्ने रोग जाँच्न लजाउँछन् महिला


प्रकाशित मिति :2016-09-13 16:08:55

सर्मिला बुढाथोकी
दोलखा । ‘आङखस्ने रोगबाट पीडित स्वास्थ्य स्वयंसेविका नै रोग लुकाएर बसेको भेटेको छु ।, ग्रामीण महिला त कत्ति छन कत्ति ।’ दोलखामा स्यवं स्वथ्यस्वयंसेविकाले नै खुलेर समस्या देखाउन नसकेर रोग लुकाएको पाईएको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटकी डाक्टर मिना महर्जनले बताईन् ।

डाक्टर महर्जनका अनुसार चेतनाको अभावसँगै महिला डाक्टर नहुनु यसको मुख्य कारण हो । ‘ग्रामीण भेगका महिलामा ठूलो संख्यामा यो समस्या भएपनि उनीहरु उपचार गराउनको सट्टा लुकाएर बस्छन् । जसले गर्दा यो समस्याबाट प्रभावित महिलाको एकिन संख्या कत्ति हो भन्ने थाह छैन ।’ डाक्टर महर्जनले भनिन् ।

डाक्टर महर्जनले भनिन् ‘१४ महिनासँगै काम गरेकी एक जना स्वास्थ्य स्वयमसेवीकाले धेरैपछि मात्र उनमा आङ्खस्ने समस्या रहेको बताएकी थिईन् ।’

जिल्ला स्वास्थ्य कार्यालय दोलखाको समन्वयमा दिपज्योती समाज सुधार संघले जिल्लाको बिभिन्न गाविसमा सञ्चालन गरेको आङ्खस्ने रोग सम्बन्धि शिविरमा ३० औ बर्षदेखि यो समस्याबाट पीडित महिलाहरु उपचारको लागि आएको  उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

रोग लुकाएर बसेका विरामीहरुलाई महिला स्वास्थ्य स्वयमसेवीका, सामाजिक कार्यकर्ता र कतिपयका परिवारका सदस्यले जबरजस्ती ल्याएर उपचार गराउनु परेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सुन्द्रावती स्वास्थ्य केन्द्रको स्वास्थ्यकर्मी सपना अधिकारी गाँउमा धेरै महिलाहरुमा आङखस्ने समस्या रहेपनि सहज ढङ्गले उपचार गराउन नआउने बताउँछिन् । ‘गाउँका महिलामा यो समस्या छ । जचाउँन उनीहरु लाज मान्छन् । कतिपयलाई हामी रोगको असरको बारेमा जानकारी दिएर राम्रोसँग सम्झाएर उपचारको लागि सदरमुकाम चरिकोट पठाउने गरेका छौं ।’

। दिपज्योती समाज सुधार संघले आयोजना गरेको जिल्लाको लामिडाँडा, बाँबरे, कालिञ्चोक, मार्वु, माली र जिरीमा सन्चालन गरेको सिविरमा उपचारमा आएका मध्ये ३ सय ५९ जना महिलामा आङ्खस्ने समस्या देखिएको संघले जनाएको छ । सिविरमा २० जनाको तत्काल अप्रेशन गर्नु पर्ने अवस्थाको र ४० जनाको चुरा राख्ने लगाएतको उपचार आवश्यक रहेकोले अस्पतालमा सिफारिस गरेको संघले जनाएको छ ।

दोलखा जिल्लामा बिभिन्न संघ संस्था तथा सरकारी स्वास्थ्य संस्थाहरुले महिलाको प्रमुख समस्याको रुपमा रहेको आङ खस्ने रोगको बारेमा चेतना मूलक अभियान तथा सिविर सञ्चान गर्दै आएपनि प्रभावकारी बन्न सकेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: