महिला खबर
सप्तरी । रक्सी खाइ महिलामाथि हिंसा गर्ने र समाजमा अशान्ति भएको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले दुई हप्तायता अवैध रुपमा मदिरा बिक्री वितरण गर्ने ४१ जनालाई कारबाही गरेको छ ।
मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका पैंतिस सय लिटर मदिरा नष्ट पनि गरिएको प्रहरीले जनाएको छ ।
अवैध रक्सी बेचविखन गरी पक्राउ पर्नेहरूलाई पाँचदेखि तीस हजार रुपैयाँसम्म जरिवाना लिइएको प्रहरीले जनाएको छ । साथै मदिरा बनाउन प्रयोग गरिएका भाडावर्तन, साइकल लिलामी गर्न राजबिराजस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिनुभयो ।
मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनका लागि स्थानीय जनता र सञ्चारकर्मीले समेत सहयोग गर्नुपर्ने उहाँले जोड दिनुभयो । रास
Comment Here!