महिला खबर
ललितपुर । नेपाली कांग्रेसको भगीनी संगठन नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । महाधिवेसनमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडल पक्षबीच प्रतिष्पर्धा हुने भएको छ । सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको संयुक्त प्यानल हुने भएको छ । सभापति शेरबहादुर देउवा पक्षबाट अध्यक्ष र सिटौला समूहबाट महासचिव लिने समझदारी भएको छ । अध्यक्षमा उमा रेग्मी अधिकारी र महासचिवमा धना खतिवडालाई उम्मेदवार बनाउने मंगलबार अबेर सहमती भएको हो । रामचन्द्र पौडेल पक्षले पूर्व अध्यक्ष मीना पाण्डेलाई उम्मेद्वार बनाएको छ । पौडेल पक्षले पाण्डेलाई मंगलबार बिहान उम्मेद्वार घोषणा गरेको थियो ।
‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म हुनेछ ।
महाधिवेशनअन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीयको हुनेछ । निर्वाचन विद्युतीय मतदान मेसिनबाट हुने संघले जनाएको छ ।
प्रत्यक्ष निर्वाचन क्षेत्रबाट ९ जनासहित २ हजार २ सय ४४ प्रतिनिधि महाधिवेशनमा सहभागि हुने जनाइएको छ ।
थप समाचार…
Comment Here!