कराँतेले दियो आत्मविश्वास


प्रकाशित मिति :2016-09-14 11:25:42

लिलाराज भट्टराई
सुनसरी । ‘खेलकुदले अनुशासन सिकाउनुको साथै प्रतिरक्षा गर्ने कला सिकाउँछ ।’ कराँते खेलाडी महिमा लिम्वूले भनिन् । खेलकुदले प्रतिरक्षासँगै महिलालाई हिंसाबाट जोगिन समेत सहयोग गर्छ । यो उनको मात्र अनुभव होइन ।

madhu-limbuयस्ता धेरै उदाहरण छन् ति मध्ये एक हुन् जोस्ना पौडेल । उनी कराँते खेलाडी हुन । सुन्दा अचम्म लाग्ने उनको गाउँमा घटना घट्यो । शुरुमा सामान्य मानियो । गाउँका सबै घरका साईकल चोरी हुन थाल्यो । दिन विराएर सबैको घरबाट साईकल हरायो । जोस्नाको घरको बाहेक । सबैको खुल्दुलीको विषय बन्यो । जोस्नाको घरको साईकल नहराएको विषयमा । पछि निक्र्योल निस्क्यो, जोस्ना कराँतेको व्ल्याकबेल्ट खेलाडी । चोर डरायो । गाउँलेले यही अर्थ लगाए । प्रहरीमा उजुरी भएन । घटना सेलायो ।

जोस्नाका अन्य साथीलाई केटाहरुले जिस्काएर हैरान बनाउँछन् । जोस्नालाई जिस्काउने हिम्मत गर्दैनन । उनी भन्छिन् ‘मेरो साथीहरुलाई साँझ पर्नुअघि घर पुग्नुपर्छ । मलाई नपुग्दा पनि मेरो परिवारलाई मेरो चिन्ता हुन्न । मेरो परिवार ढुक्क छ । म मेरो सुरक्षा आफै गर्न सक्छु भन्नेमा ।’

उर्लावारीकै मधु तिगेला लिम्वू किक बक्सिडमा व्लाकबेल्ट हुन् । राष्ट्रिय स्तरका बिभिन्न प्रतियोगितामा उपाधी प्राप्त गरिसकेकी छिन मधुले । उनका अनुसार कुनैपनि आक्रमणको प्रतिकार गर्न सक्ने हिम्मत दिन्छ खेलले । उनले अहिलेसम्म कुनै किसिमको हिंसामा नपरेको बताउँछिन् । भन्छिन् ‘हामी बस्ने यही समाज हो । हिंसा गर्ने यही समाजकै मान्छे हो ।, हामी मार्सलआर्ट खेलाडी हो भन्ने थाहा पाएपछि हिंसा गर्ने आँट गर्दैनन्, जसले गर्दा मार्सलआर्ट महिला खेलाडी हिंसामा पर्न सक्ने सम्भावना एकदमै कम हुन्छ ।’
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट नेपाली खेलाडी टोलीका साथ दक्षिण कोरिया गएको बेलाको सम्झना गर्छन् । कोरिया र नेपालबीच खेल शुरु भयो ।

प्याराफिट भरिे बालबालिका थिए । करिब पाँचहजार जति । खेल अवधिभर उनीहरुले चिच्याएर कोरिया, कोरिया भनेर हुटिङ्ग गरिरहे । बिभिन्न बाजा बजाए । खेल कोरियाले जित्यो । बिष्टलाई कौतुहलता भयो । किन साना साना बालबालिका ल्याएका होलान् भन्ने । खेल सकिए लगत्तै नेतृत्व गरेर लिएर आउने शिक्षिकालाई सोधे । बालबालिका ल्याउनको कारण । ती शिक्षिकाले बालबालिका ल्याउनुको कारण भन्दा बिष्ट अचम्भित भएको स्मरण गर्छन् । ती शिक्षिकाले खेलाडीलाई प्रोत्साहन दिँदा देशको नाम लिनुपर्ने हुँदा बालबालिकाको मनमा राष्ट्रियता अभिवृद्धि हुन्छ ।, साथै खेलकुदमा उनीहरुको चासो बढाउन पनि उनीहरुको सहभागीता गराउन जरुरी रहेको बताईन् ।

सचिव विष्ट नेपाल फर्केपछि सोँचे नेपालमा समस्याको रुपमा रहेको महिला हिंसाको अन्त्य गर्न पनि खेलकुद माध्यम बन्न सक्छ । त्यसपछि उनले अभियान स्वरुप ‘महिला हिँसा विरुद्ध उत्तम विकल्प, खेलकुदमा महिला सहभागिता हाम्रो संकल्प ’ भन्ने नारासहित काम गर्न थाले ।

उनको नारालाई कार्यावन्यन गर्न राष्ट्रिय खेलकुद परिषदले योजना बनायो । विशेष गरि विद्यालयमा पढने छात्रालाई खेलकुद मार्सलआर्ट सिकाउने । योजना अनुरुप ललितपुरमा कार्यक्रम सम्पन्न भएको छ । अब यसलाई देशव्यापी अभियानको रुपमा लाने योजना रहेको उनले बताए ।

अब दशैंअघि नै सुनसरीको इटहरीमा कार्यक्रम गर्ने राखेपको योजना रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार तालिममा प्रतिरक्षा गर्ने कला सिकाइन्छ । उनी मार्सलआर्ट सिकेका महिला हिंसामा पर्ने सम्भावना कम हुने कुरामा विश्वस्त छन् । भन्छन् ‘मार्सल आर्ट सिकेका महिलामाथि बलात्कारको प्रयास गर्ने कसैले आँट गर्न सक्दैन । मार्सल आर्ट कराते सिकेको महिला छ भने जिस्क्याउने सम्म हिम्मत गर्दैनन । यस्तो कला सिकेको महिला माथि श्रीमानले समेत हिंसा गर्दैनन् ।’

 सदस्य सचिव विष्टको अनुसार ‘खेलकुदमा महिला सहभागिता बढनु भनेको महिला हिंसा कम हुनु पनि हो ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: