महिला खबर
ललितपुर । सञ्चारिका समूहको २० औं साधारण सभा बुधबार शुरु हुँदैछ । साढे १२ बजेबाट शुरु हुने साधारण सभामा देशभरबाट ५ सय पत्रकार महिला भेला हुँदैछन् । संस्थाले विगत २० वर्षदेखि पत्रकार महिलाको संख्यात्मक र गुणात्मक वृद्घिमा काम गर्दै आएको छ । साथै महिलालाई नेतृत्वमा पु¥याउनको लागि वकालत गर्दै आएको समूहकी अध्यक्ष निर्मला शर्माले बताउनुभयो ।
कार्यक्रममा चार पत्रकार महिला पुरस्कृत हुने भएका छन् । साथै पत्रकार महिलाको व्यवसायिक सुरक्षा र संस्थाको गतिविधिमा छलफल हुनेछ ।
Comment Here!