महिला खबर
सप्तरी । लालापट्टी गाविस–९ का ५५ वर्षिया बेचनी देवी मण्डलको सर्पको टोकाईबाट मृत्यु भएको छ ।
मण्डललाई दिउँसो खेतमा घाँस काट्नेक्रममा विषालु सर्पले टोकेको थियो । मण्डलको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी कटैया गाविस २ मा सर्पको टोकाईबाट एक जना युवती गम्भीर घाईते भएकी छिन । स्थानीय आशा कुमारी साह घर नजिकैको खेतमा गएको बेला विषालु सर्पले टोकेको थियो ।
सर्पको टोकाईबाट गम्भीर घाईते साहको हाल राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Comment Here!