महिला खबर
काठमाडाैं । ‘अहिले राष्ट्रपति, सभामुख महिला हुनु पनि सबै दलहरुको सहमति र साथले हो ।, पूर्ण रुपमा महिलामैत्री हुन केही समय लाग्छ, हुन्छ ।’ संकल्पले आयोजना गरेको संबैधानिक विषयमा महिलाका सवालमा भईरहेको परामर्शमा प्रमुख अथिति पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।
नेम्वाङले महिला सम्बन्धी उठाइएको मुद्घाहरुलाई संसदले बैठकमा सामेल गरेर नयाँ बन्ने संविधानलाई महिलामैत्री बनाउन लागिपरेको बताउनुभयो । उहाँले पहिलाको तुलनामा अहिले धेरै महिलामैत्री भएको कुरामा खुसी व्यक्त गर्नु भयो ।
प्राप्त भएका उपलब्धी महिलाको संघर्षको प्रतिफल भएको बताउनुभयो ।संकल्पका अध्यक्ष दुर्गा सोबले महिलाका अधिकारका लागी निरन्तर लागि रहेको कुरा जानकारी गराउनु भयो । आगामी दिनमा पार्टीका महिलाहरु कसरी जाने, के भूमिका खेल्ने भनेर कार्यनिति बनाएर अगाडि बढनु पर्ने बताउनुभएको छ ।
Comment Here!