चार जना पत्रकार पुरस्कृत


प्रकाशित मिति :2016-09-14 16:22:33

महिला खबर

dsc_1299
ललितपुर । सञ्चारिका समूहबाट  चार जना पत्रकार महिला पुरस्कृत भएका छन् । सञ्चारिका समूह नेपालद्वरा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७२’ नागरिक दैनिकमा प्रकाशित ‘हद म्यादको तगारो’ फिचरका लागि पत्रकार भाषा शर्मालाई प्रदान गरिएको छ । पुरस्कारको राशि पन्ध्र हजार रुपैयाँ छ । पुरस्कार छनोट समितिमा वरिष्ठ पत्रकार धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र सञ्चारिका समूहकी कोषाध्यक्ष यशोदा अधिकारी रहनुभएको थियो ।

यसैगरी ‘स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कार २०७२’ काभ्रेबाट पत्रकारिता गर्दै आएनुभएकी पत्रकार रमा दाहाललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि सात हजार एक सय एघार रुपैयाँ रहेको छ ।

ga

यसैगरी छोटो समयमै पत्रकारितामा आफ्नो स्थान बनाउन मेहेनत गरेको भन्दै  ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७२’ पत्रकार फातिमा वानु र  शर्मीला पाठकलाई प्रदान गरिएको छ । पुरस्कार समूहको २० औं बार्षिक साधारण सभा उद्घाटन समारोहका अवसरमा प्रदान गरिएको हो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सञ्चारिका समूहकी पूर्व अध्यक्ष बबिता बस्नेतले प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण गर्दै बविता बस्नेतले भन्नुभयो ‘सञ्चारिका समूहले पत्रकार महिलालाई संगठित गर्ने काम गरिरहेको छ ।’ उहाँले संस्थाले सबै एक हुन, काममा सफलता प्रदान गर्न र संस्था चलाउन सिकाएको बताउनुभयो ।

dsc_1377

त्यसैगरी सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले आफु सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य हुनुमा सञ्चारिकाको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले महिलाले दोहोरो भुमिका भएर पनि सफल भईरहेकोमा पुरुषसँग तुलना गर्न नमिल्ने बताउनु भएको छ । समूहकी संस्थापक सदस्य अमृता लम्सालले पत्रकार महिलाको विषयलाई सञ्चारिका समूहले संवोधन गर्न पर्ने बताउनुभयो उहाँले भन्नुभयो ‘अहिले पनि महिलाले लेखेका कुरालाई लेखको दर्जा नदिने कुरा परिवर्तन हुन सकेको छैन् ।’ तर पत्रकार महिलाले लेखेको समाचारमा गाली गर्ने लेखकको लेख हुने अवस्था परिवर्तन गर्न संस्थाले वकालत गर्नुपर्ने बताउनुभयो ।

dsc_1329

यसैगरी सञ्चारिका समूहकी पूर्व उपाध्यक्ष सुचित्रा श्रेष्ठलाई नेपाल चलचित्र निर्देशक संघको पहिलो महिला अध्यक्ष हुनुभएकोमा बधाई तथा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा संपन्न कार्यक्रममा नितु पण्डितले धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव कमला पन्थीले गर्नुभएको थियो भने कोषाध्यक्ष यशोदा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: