महिला खबर
पोखरा । पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिबेशनमा उम्मेद्वारी दिएका महिलालाई महिला उद्यमीले साथ दिने बताएका छन् । रेडियो जननी ९०.६ मेघाहर्जद्वारा आयोजित नेतृत्वमा महिला उपस्थिति, आवश्यकता र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै महिला उद्यमीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै महिला उद्यमी संगिता पौडेलले नीजि क्षेत्रमा महिलाको नेतृत्व आजको आवश्यकता र समयको माग भएको बताउनु भन्दै संघले इतिहास रच्ने बेला आएको बताउनु भयो । पोखरा उपत्यका नगर विकास समितिका सदस्य माया बरालले सामाजिक रुपान्तरणका लागि नीजि क्षेत्रको नेतृत्व महिलाले लिनु आवश्यक रहेको बताउनु भयो । त्यस्तै, पर्यटन व्यवसायि लक्की कार्कीले महिला शक्तीको रुपमा पोखरा उद्योग वाणिज्य संघमा महिला उम्मेदवारको उदय भएको बताउँदै जिताउन सबैले पहल गर्नु पर्ने बताउनुभयो । महिला उद्यमी ममता गुरुङ्गले पोखरा उद्योग वाणिज्य संघको छ दशक लामो इतिहासमा नेतृत्वसहित महिला सदस्यको उम्मेदवारी पहिलो पटक उल्लेखनीय भएको भन्दै जिताउने कर्तव्य सबै महिला उद्यमीको भएको बताउनुभयो ।
कार्यक्रममा बिभिन्न अधिकारकर्मी तथा संचारकर्मी महिलाले पोखरा उद्योग वाणिज्य संघमा महिला नेतृत्वको आवश्यकता औंल्याएका थिए । कार्यक्रममा अधिकारकर्मी चमेली खातीले महिलाका मुद्दामा राजनीतिक भागबण्डा नगरि सबै महिलाले साझा धारणा बनाउनु पर्ने बताउनुभयो । संचारकर्मी सरीता तिमिल्सिनाले हरेक निकायमा ३३ प्रतिशत सहभागिताको कुरालाइ संघको नेतृत्वमा व्यवहारिक कार्यान्वयन गर्न महिला उम्मेदवारलाई जिताउनु पर्ने बताउनुभयो । संचारकर्मी दुर्गा अधिकारीले व्यवसायिक पहिचान बनाएका सक्षम र सबल महिला उद्यमी योग्य पात्र भएकाले सबैको सहयोग अपरिहार्य भएको बताउनु भयो ।
महिला अध्यक्ष पदका उम्मेदवार हिरा भटट्राइले संघमा लामो समय बसेर हासिल गरेको अनुभव र उपलब्धिलाई संस्थागत गर्दै व्यवसायिक हक हितका साथै उद्यमशील समाजको पक्षमा आफ्नो नेतृत्वले कार्य गर्ने बताउनु । बाणिज्य तर्फका उपाध्यक्ष पदका उम्मेदवार विन्दु कोइराला सुवेदीले आर्थिक क्षेत्रमा महिलाको भुमिकालाई सशक्त गराउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । महासचिव पदका उम्मेदवार लक्ष्मी पाण्डेले संघले उद्योगी व्यवसायिले फरक र अपनत्व महसुस गर्ने गरी आफू काम गर्ने बताउनुभयो ।
संघका सदस्य पदका उम्मेदवार सीता बराल, गीता तिवारी, पवित्रा गुरुङले संघलाई समावेशी र महिला व्यवसायीको हक हितकासाथै संघलाई साझा संस्थाको रुपमा विकास गर्न आफूहरू लागिपर्ने बताउनुभयो । आफूहरूको उम्मेद्वारी रहेको बताउनुभयो । नीजि क्षेत्रमा महिलाको सशक्त भूमिका स्थापित गर्न संघमा महिलाको उपस्थीति जरुरी रहेको भन्दै सबै तहबाट सहयोग अपेक्षा गरेको बताउनुभयो ।
Comment Here!