भूकम्पपछि बालश्रमिक बढे


प्रकाशित मिति :2016-09-15 11:05:39

महिला खबर
दोलखा। जिल्लामा भूकम्पपछि बाल श्रमिकको संख्या बढेकोे एक तथ्याङ्कले देखाएको छ। राष्ट्रिय बाल दिवस २०७३ को अवसरमा जिल्ला बाल कल्याण समिति दोलखा र महिला तथा बालबालिका कार्यालय दोलखाले आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो। दोलखाको मुख्य सहरी क्षेत्रमा बिभिन्न स्थानबाट आएका करिव १ सय बाल बालिकाले कठिन बाल श्रम गरिरहेको महिला विकास अधिकृत लक्ष्मी ढकालले जानकारी दिनुभयो। बालबालिकाहरू होटल तथा कलकारखाना, बस, ग्यारेज लगायतका क्षेत्रमा काम गरिरहेको पाईएको ढकालले बताउनुभयो।

बालबालिकालाई श्रमिकको रुपमा घरमा राख्ने, रोजगार र वैवाहिक सम्बन्ध तथा पारिवारिक कारणले चरिकोटमा बढी बालश्रमिक देखिएको अधिकृत ढकालको भनाई छ।

कार्यक्रममा जिल्ला बाल कल्याण समिति दोलखाका अध्यक्ष एव्म प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, नेकपा एमाले दोलखका सचिव भरत दुलाल, नेपाली काङ्ग्रेस दोलखाका सचिव सन्तोष रिमाल, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, क्षेत्रीय होटल संघ दोलखाका कोषाध्यक्ष सिताराम घिमिरे, निमित्त स्थानीय बिकास अधिकारी जगदिश अर्याल, जिल्ला प्रहरी कार्यालय दोलखका प्रहरी नायव उपरिक्षक रविन कार्की लगायतले बाल श्रमलाई न्युनीकरण गर्न सबैले पहल गर्नु पर्नेमा जोड दिँदै बालश्रम गराईएको पाईएमा सम्वन्धित सरोकारवालालाई जानकारी गराउन तीन बुँदे प्रतिबद्धता जनाएका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: