यमुना खनाल
सप्तरी । जमुनी मधेपुरा गाविस जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको छ ।चार दिनदेखि सो गाविसका करिब २५ परिवार झाडापखालाको प्रकोपबाट ग्रस्त छन् । चारदिन अघि स्थानीय शंकर शर्मालाई झाडापखाला लागेको थियो । त्यसपछि उहाँकी श्रीमती र छोरा छोरी समेतलाई झाडापखाला लाग्यो । अहिले टोलभरी झाडापखालाको प्रकोप फैलिएको स्थानीय स्वास्थ्यकर्मी संतोष कुमार यादवले जानकारी दिनुभयो ।
झाडापखालाले त्यहाँका २५ परिवारका बालबालिकादेखि बृद्धबृद्धासम्म ग्रसित बनाएको स्वास्थ्यकर्मी यादवले बताउनुभयो । प्रकोपकै कारणले १७ वर्षीया रुबी कुमारी यादव चार दिनदेखि राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार गराईरहेको उनका परिवारले बताएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा झाडापखाला लागेका विरामीका लागि औषधि पठाएपनि आवश्यकता अनुसारको नभएकाले प्रकोप झन फैलिन सक्ने स्थानीयबासीको भनाई छ । झाडापखाला नियन्त्रण गर्न थप स्वास्थ्यकर्मी तथा आवश्यक औषधिको व्यवस्था गर्नुपर्ने माग स्थानीयबासीले गरेका छन् ।
Comment Here!