आफ्नै छोरी र भाञ्जी बेच्ने बीस वर्षपछि पक्राउ


समकोण कार्यक्रम प्रसारण नहुँदै प्रभाव

प्रकाशित मिति :2016-09-15 12:25:09

दिनेश थापा
सिन्धुपाल्चोक । सञ्चारिका समूहले गतहप्ता सिन्धुपाल्चोक सदरमुकाम चौतारामा किन रोकिएन मानवबेचबिखन भन्ने विषयमा समकोण कार्यक्रमको छायाकंन गरेको थियो । सञ्चारिकाको कार्यक्रममा सहभागी धेरैले प्रहरीको काम प्रति तिव्र आक्रोश पोखेका थिए । बेचबिखनमा संलग्नहरूलाई अदालतले कैद सजाय सुनाएपनि प्रहरीले पक्राउ नगरेको, बैदेशिक रोजगारीमा ठगीमा संलग्नविरुद्ध दिएको जाहेरी प्रहरीले लिन नमान्नेलगायतका आरोप प्रहरीलाई लगाएका थिए ।

प्रहरी प्रति सहभागी आक्रोशित भएपछि समकोण कार्यक्रम  प्रशारण नहुँदै बेचबिखनमा संलग्नको खोजी कार्य सिन्धुपाल्चोक प्रहरीले तिव्र पारेको छ र दुई जनालाई पक्राउ समेत गरेको छ । ‘प्रहरी प्रति धेरै नै आक्रोश देखियो ,त्यसैले हामीले अदालतबाट दोषी ठहर्याएका र पीडितले दिएका व्यक्तिको खोजबिन सुरु गरेका छौं’ जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने । यो कार्यक्रम आउँदो असोज ७ गते शुक्रवार प्रसारण हुँदैछ ।

जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश अन्नतराज डुम्रेको इकल इजलासले मानव बेचविखनमा संलग्न रहेको अभियोगमा बजिरसिंह तामाङलाई १ सय ७० वर्ष सजाय सुनाइएको थियो । लामासँगै पक्राउ परेका टेकबहादुर सुनुवारलाई पनि जिल्ला अदालतले १२ वर्षको सजाय सुनाएको थियो, तर सोही अभियोगमा फरार दावा तामाङ, काइली भनिने माइली बिकसहित चार जनाको मुद्दा भने अदालतले त्यतीबेला मुल्तबीमा राखेको थियो । ‘आरोपितहरू तत्काल पक्राउ नपरेपछि उनीहरूको मुद्दा मुल्तबीमा थियो’ अधिवक्ता भेषराम ढकालले भने । काठमाडौंमा लुकेर बसेको अवस्थामा विशेष सुराकीको आधारमा आफुहरुले माइली विब लाई पक्राउ गरेको प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए ।

चारजनाको मिलेमतोमा त्यतिबेला बेचिएका महिलामध्ये एकजना काइली बिककी आफ्नै छोरी अर्की भाञ्जी थिइन् । छोरीले भने मुद्दा दर्ता नगरेपनि भाञ्जीसहित अन्य तिन जनाले प्रहरीमा सबैविरुद्ध जाहेरी दिएका थिए ।  माइलीे विक २०६४ असोज २ देखि फरार रहेको प्रहरीले जानकारी दियो ।माइलीसहितको टोलीले आफ्नी छोरी, भान्जीसहित ३ जनालाई भारतको विभिन्न वेश्यालयमा लगेर बेचेका थिए ।

माइलीसहितका अभियुक्तविरुद्ध एकजना पीडितले  २०६६ मा र अरु दुईजनाले ०६७ र ०६८ सालमा जाहेरी दिएका थिए । माइली चेलिबेटीबेचबिखनका अन्य घटनामा समेत संलग्न रहेको प्रहरीको भनाइ छ ।

माइलीले जाहेरवाल तीन जना किशोरीलाई फकाएर जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट समेत आफैँले बनाइदिएकी थिइन् । पासपोर्ट बनेपछि काठमाडौंमा रहेका बच्चु बिकको घरमा केही दिन तिनैजनालाई राखिएको  थियो । केही दिनपछि उनीहरूलाई वीरगंज हुँदै भारतको बेश्यालमा लगेर बचेको पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् ।  जिल्लाबाट लगेर काठमाडौंमा पाँचदिनसम्म राखेपछि दावा र माइलाका साथमा उनीहरूलाई भारत लगिएको थियो । चेलीबेटी बेचबिखनमा यस अघि जिल्ला अदालतले टेकबहादुर सुनुवारलाई १२ वर्षमात्रै कैद सजायको फैसला गरेपनि पीडित सजाय थारै भएको भन्दै पुनरावेदन अदालत गएका थिए । पुनरावेदनले  उनलाई  २० वर्ष कैदको फैसला गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: