महिला खबर
रुपन्देही । रुपन्देहीको सूर्यपुरा गाउँ विकास समितिको वडा नम्बर ९ कानिजवालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार गाविस सचिव टुकराज पाण्डेले बालविवाह मुक्त वडा घोषणा गर्नुभएको हो ।
विसं २०७० सालदेखि उक्त वडामा एउटापनि बालविवाह नभएकाले बालविवाह मुक्त वडा घोषणा गरिएको सचिव पाण्डेले जानकारी दिनुभयो ।
उहाँले २०७५ भित्र सूर्यपुरालाई बालमैत्री गाविस घोषणा गर्ने लक्ष्य अनुसार वडालाई बालविवाहमुक्त घोषणा गरिएको बताउनुभयो ।
सूर्यपुराको उक्त वडामा १३ देखि १९ वर्ष उमेर समूहका ७३ जना किशोर र १ सय ८२ जना किशोरी रहेको गाविसले जनाएको छ ।
Comment Here!