सौर्न्दय पेशाबाट पहिलो उम्मेदवारी


प्रकाशित मिति :2016-09-15 14:39:26

महिला खबर

पोखरा । सौन्दर्य व्यवसायलाई स्थापित गराउन अग्रणी भूमिका निर्वाह गरेकी महिला उद्यमी चिनु गुरुङ पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यको उम्मेदवार बनेकी छन् । भदौ ३१ र असोज १ गते हुने संघको महाधिवेशनमा कार्यसमिति सदस्य पदमा लड्ने उनी पहिलो सौन्दर्य व्यवसायी हुन् ।

उद्योग वाणिज्य संघमा प्रवेश गरेर महिला उद्यमशीलता तथा व्यवसायिक विकासका क्षेत्रमा प्रभावकारी काम गर्ने आफ्नो योजना रहेको उनले बताइन् । ‘विभिन्न संघसंस्था मार्फत सामाजिक क्षेत्रमा निरन्तर खटिँदै आएकी छु,’ उनले भनिन्, ‘अब निजी क्षेत्रको छाता संस्थामा पुगेर केही रचनात्मक काम गर्ने मेरो लक्ष्य छ ।’

सबै क्षेत्रका उद्योग व्यवसायीको साथ र सहयोगबाट आफूले अत्याधिक मतले चुनाव जित्ने उनको दावी छ । पोखरामा सौन्दर्य व्यवसायलाई स्थापित गराउन सफल चिनु गुरुङ पोखराकी सफल महिला उद्यमी हुन् । २०५० सालमा भारतको मन्द्रासबाट सौन्दर्य तालिम लिएर पोखरा आएकी गुरुङले २०५२ मा ३० हजार रुपैयाँको लगानीमा पोखराको पृथ्वीचोकमा गुरुङ व्युटीपार्लर स्थापना गरिन् ।

व्यवसायलाई बिस्तार गर्ने क्रममा अहिले उनले गुरुङ व्युटी एकेडेमी सञ्चालन गर्दै पाँचवटा शाखा बिस्तार गरिसकेकी छन् । गुरुङले हालसम्म करिब ५ हजार सफल विद्यार्थी उत्पादन समेत गरिसकेकी छन् । उत्पादित विद्यार्थी मध्ये प्रायले देशका विभिन्न ठाउँमा व्यवसाय सञ्चालन गरिरहेको उनी बताउँछिन् ।

अहिले गुरुङ व्युटीपार्लरमा ४० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नो एक्लो प्रयासबाट व्युटीपार्लर व्यवसायमा लागेकी गुरुङ सौन्दर्य प्रशिक्षक पनि हुन् । नयाँनयाँ प्रविधिलाई भित्र्याउँदै प्रशिक्षण दिने गरेको उनी बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: