नुनुता राई
ललितपुर । नेपाली काँग्रेस निकट नेपाल महिला संघको जारी महाधिवेसनमा नयाँ नेतृत्वका लागि उम्मेद्वारको नाम दर्ता भईरहेको छ । शुक्रबार हुने मतदानमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षधरबीच प्रतिष्पर्धा हुने भएको छ । पौडेलको पक्षबाट मिना पाण्डेलाई अध्यक्षको उम्मेद्वार छन् । त्यस्तैगरी महासचिवमा गोमा केसी र कोषाध्यक्षमा कुसुम थापामगर, खुल्ला सदस्यमा बिनिता अधिकारी, कल्याणी रिजाल, लक्ष्मी पाण्डेलगायतले उम्मेद्वारी दिएका छन् ।
सभापति देउवा पक्ष र कृष्णप्रसाद सिटौला समूहले संयुक्त प्यानलमा उम्मेद्वारको नाम सार्वजानिक गरेको छ । देउवा पक्षले अध्यक्ष र सिटौला पक्षले महासचिव लिने सम्झौता अनुसार उम्मेद्वारी दर्ता गरिएको छ । अध्यक्षमा उमा रेग्मी अधिकारी, महासचिवमा धना खतिवडा, कोषाध्यक्षमा जानुका सिंहले उम्मेद्वारी दिएको प्रचार प्रसार संयोजक निर्मला क्षेत्रीले जानकारी दिईन् ।
एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष बाईसजना खुल्ला, प्रत्येक प्रदेशबाट तीन/तीन जना, तीन आदीवासी जनजातिबाट, तीन दलितबाट, तीन मधेशी र एक मुस्लिमबाट उम्मेद्वार हुने प्रावधान संघको विधानमा रहेको संयोजक क्षेत्रीले बताईन् ।
महिला शान्तिका चार निकास, समान सहभागिता, शान्ति सम्बृद्घि र संवैधानिक विकास भन्ने मुल नारासहित नेपाल महिला संघको महाधिवेशन बुधवारबाट सुरु भएको हो ।
नेपाल महिला संघकी प्रचार संयोजन निर्मला क्षेत्रीका अनुसार महाधिवेशनमा देशभरबाट २२ सय ४४ जना प्रतिनिधि सहभागी भएका छन् । भोली हुने मतदान विद्युतिय मेशिनबाट हुने छ ।
Comment Here!