अधिकारकर्मी घिमिरे योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानबाट सम्मानित
महिला खबर
ललितपुर । अधिकारकर्मी दुर्गा घिमिरेलाई योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान दिइएको छ । नेपाल स्रष्टा समाज आफ्नाे नवाैं वार्षिक साधारण सभाका अवशरमा २०७२ सालको राष्ट्रिय नारी स्रष्टा सम्मानबाट घिमिरेलाई सम्मान गरेको हो । नेपाली साहित्य र समाजिक क्षेत्रमा उहाँले पुर्याएको योगदानको कदर गर्दै उहाँलाई यो सम्मान दिइएको समाजले जनाएको छ ।
उक्त सम्मानको राशी २५ हजार रुपैयाँ रहेको छ । समाजको १० औं बार्षिकोत्सवका अवशरमा विहीवार उहाँलाई सम्मान गरिएको हो ।
घिमिरेका ‘जेलको सम्झना’, शक्ति(गीति क्यासेट) महिला जागरण सम्बन्धी गीतहरूको सहलेखन तथा गायन,चेलीको आवाज गीति नाटक, चेलीको कथा र व्यथा, नेपालमा महिलामाथि हुने हिंसा लेख सङ्कलन, उनको सम्झनामा गरी थुप्रै कृति प्रकाशित छन् ।
जेलको सम्झना नामक पुस्तकबाट घिमिरेले २०५० सालमा उत्तम शान्ति पुरस्कार पाउनुभएको छ । अंग्रेजीमा पनि प्रकाशित strange ‘alive women’s memory in the prison’ शिर्षक प्रकाशित यो पुस्तकले नेपालमा प्रजातान्त्रिक आन्दोलनमा महिलाको सक्रियताको विषयले धेरै देशहरूमा निकै चर्चा पाएको थियो ।
Comment Here!